आज शनिबार, कस्तो छ हजुरको राशिफल, हेर्नुहोस् त
मेष : वुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। भ्रमण र तीर्थाटनको योग छ। आदर्श व्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ। कुनै शुभ समाचारले मनमा शान्ति छाउनेछ। मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइनेछ।
वृष : समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन्। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न होलान्। नयाँ कार्यको अवसर मिल्नेछ। स्वादिष्ट भोजनको आनन्द पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।
मिथुन : आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ। पेसामा बढुवाको योग परेको छ। नयाँ वस्त्र प्राप्ति हुनेछ। मध्य दिनमा भने धनमाल हराउने योग भएकाले सजग रहनुहोला।
कर्कट : अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। शैक्षिक क्षेत्रबाट इच्छित प्रतिफल नमिल्ला। स्वस्थ प्रतिकूल हुन सक्छ। आत्मबल बढाएर काम गरेमा आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्।
सिंह : लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। प्रविधि र सञ्चारको माध्यमबाट दैनिकी सहज हुनेछ। मन पर्ने वस्त्र उपहार पाइनेछ। स्वादिष्ट भोजनको आनन्द पाइएला। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ।
कन्या : आँटे-ताकेको कार्य पूरा होला। नयाँ कार्यको योजना बन्ने वा प्राप्ति हुनेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। नजिकका व्यक्तिबाट कार्य पूरा हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ।
तुला : मिष्ठान्न भोजनको अवसर प्राप्त हुनेछ। कुनै समाचारले मनमा शान्ति छाउनेछ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारबाट प्रशस्त फाइदा हुनेछ। तर, अनावश्यक धन र परिश्रम पनि खर्च हुन सक्छ। स्वास्थ्य स्थिति बिग्रने देखिन्छ।
वृश्चिक : समयलाई मध्यनजर गर्दै काम गर्नु पर्छ, नत्र समस्या बढ्न सक्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। प्रेमीरप्रेमिकाबीच मतभेद बढ्न सक्छ। वैदेशिक र प्राविधिक कामबाट लाभ मिल्नेछ।
धनु : रोकिएका काम पूरा हुनेछन्। पुनर्मिलनको योग छ। सफल र रमाइलो यात्रा हुनेछ। स्थानान्तरण र सफल यात्राको सम्भावना छ। मध्यान्हमा भने आफ्नो बोलीका कारण अप्ठेरो पर्न सक्छ। वैदेशिक बजारमा केही उतारचढाव हुनेछ।
मकर : यात्रा सफल र रमाइलो हुनेछ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। नजिकका व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। पारिवारिक समस्या भने बढ्न सक्छ।
कुम्भ : नयाँ कार्यको थालनी हुनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ। सामाजिक र धार्मिक कार्यमा रुचि बढ्नेछ। विशेषगरी विदेशिएका विद्यार्थीले सफलता हासिल गर्नेछन्। प्रेमी वा विश्वास गरेकाबाट भरपुर साथ पाइनेछ।
मीन : सुखदुःख बराबरी हुनेछ। शुभकार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनेछ। कुनै कुरामा वैचारिक मतभेद सिर्जना होला। झन्झटिलो काममा संलग्न हुनुपर्नेछ। प्रशंसकहरूले नै आलोचना गर्न सक्छन्।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
४.
बढ्यो नेप्से
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
भक्तपुरमा गाडी दुर्घटना, ३ को मृत्यु
भक्तपुर। नगरकोटबाट सुडालतर्फ आउँदै गरेको बा५च ७८८१ नम्बरको निजी कार चाँगुनारायण नगरपालिका–८ जितपुरस्थित वडा कार्यालय नजिक सडकमा भएको दुर्घनामा...
साफ यू२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा
काठमाडौँ। साफ यू-२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा भएको छ। मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले धर्बेन्द्र...
सुकेधारामा गाडीमा आगजनी गरेको अभियोगमा २ पक्राउ
काठमाडौं। काठमाडौंको सुकेधारामा क्षेत्रमा गाडीमा आगजनी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरू मेडिकल व्यवसायी...
जेनजी आन्दोलनमा फरार व्यक्तिसहित चार जना सशस्त्र प्रहरीको नियन्त्रणमा
काठमाडौं। जेनजी आन्दोलनका क्रममा फरार रहेका सुनिल थापासहित सशस्त्र प्रहरीले भक्तपुर जिल्लाको मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीबाट चार जनालाई नियन्त्रणमा लिएको...




