‘नइ देरुनीखपू पुरस्कार’ ९ बालबालिकालाई
काठमाडौं। नइ प्रकाशनले ३ वर्षदेखि १५ वर्षसम्मका नौ जना बालबालिकालाई २०८० सालको ‘नइ देरुनीखपू पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ। नइ प्रकाशनका कुलपति श्रीमती इन्दिरा प्रसाईंको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो।
‘नइ देरुनीखपू पुरस्कार’बाट पुरस्कृत हुनेहरूमा बहुआयामिकतर्फ कुशाग्र भट्टराई, साहित्यतर्फ प्रतिष्ठा केसी, चित्रकलातर्फ श्रीया गुरुङ, संगीततर्फ सानवी यादव, नृत्यतर्फ अनिका महर्जन, खेलकुदतर्फ सुप्रिया ऐर रहेका छन्। ताम्रपत्रसहित पुरस्कारको राशि जनही दश हजार रूपियाँ रहेको छ।
यसैगरी, ‘नइ कोपिला पुरस्कार’ गायनमा काव्या शिवाकोटी र नृत्यमा सुधा तामाङलाई समर्पण गर्ने निर्णय भएको छ। ताम्रपत्रसहित यी पुरस्कारको राशि जनही सात हजार रूपियाँ रहेको छ। ताम्रपत्रसहित पाँच हजार रूपियाँ राशिको ‘नइ चिचिला पुरस्कार’ तीन वर्षकी मानशी भण्डारीलाई समर्पण गरिने भएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
पीएम कप : एपिएफमाथि पुलिसको उत्कृष्ट जीत
काठमाडौं नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल (एपीएफ) क्लबमाथि १८५ रनको शानदार जित दर्ता गरेको छ। प्रधानमन्त्री कप एक...
पीएम कप : गण्डकीमाथि बागमती विजयी
काठमाडौं। बागमती प्रदेशले गण्डकी प्रदेशमाथि १७० रनको प्रभावशाली जित हात पारेको छ। प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा टस हारेर...
आमाको नामबाट तीन हजारले लिए नागरिकता
काठमाडौँ। नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएपछि आमाको नामबाट नागरिकता लिनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ। गृह...
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
दमक। झापाको दमक नगरपालिका वडा नं। १० स्थित दमक एग्रिकल्चर फार्म प्रा। लि।मा पालिएका लेयर्स कुखुरामा बर्डफ्लु संक्रमण पुष्टि...




