बुधबार, फाल्गुन २८, २०८१
English
Follow us:

‘नइ देरुनीखपू पुरस्कार’ ९ बालबालिकालाई

‘नइ देरुनीखपू पुरस्कार’ ९ बालबालिकालाई

  • खबर सेवा

  • शनिबार, माघ १९, २०८१

  • 96
    SHARES
‘नइ देरुनीखपू पुरस्कार’ ९ बालबालिकालाई

काठमाडौं। नइ प्रकाशनले ३ वर्षदेखि १५ वर्षसम्मका नौ जना बालबालिकालाई २०८० सालको ‘नइ देरुनीखपू पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ। नइ प्रकाशनका कुलपति श्रीमती इन्दिरा प्रसाईंको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो।

‘नइ देरुनीखपू पुरस्कार’बाट पुरस्कृत हुनेहरूमा बहुआयामिकतर्फ कुशाग्र भट्टराई, साहित्यतर्फ प्रतिष्ठा केसी, चित्रकलातर्फ श्रीया गुरुङ, संगीततर्फ सानवी यादव, नृत्यतर्फ अनिका महर्जन, खेलकुदतर्फ सुप्रिया ऐर रहेका छन्। ताम्रपत्रसहित पुरस्कारको राशि जनही दश हजार रूपियाँ रहेको छ।

यसैगरी, ‘नइ कोपिला पुरस्कार’ गायनमा काव्या शिवाकोटी र नृत्यमा सुधा तामाङलाई समर्पण गर्ने निर्णय भएको छ। ताम्रपत्रसहित यी पुरस्कारको राशि जनही सात हजार रूपियाँ रहेको छ। ताम्रपत्रसहित पाँच हजार रूपियाँ राशिको ‘नइ चिचिला पुरस्कार’ तीन वर्षकी मानशी भण्डारीलाई समर्पण गरिने भएको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology