मुख्य समाचार

सरस्वती पूजाका दिन कस्तो होला ज्ञान प्राप्त हुने योग, हेर्नुस् राशिफल

मेष : बुद्धिले काम नगर्न सक्छ, सचेत रहनु होला। लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला। आफ्नो विचार विपरीत निर्णय होला। गरेको काममा पनि ढिलासुस्ती हुनेछ। पुँजी बजारमा नोक्सानी हुन सक्छ।

वृष : लाभदायक यात्रा हुनेछ। वैदेशिक कार्य पनि अघि बढ्ला। पढाइलेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ। दाजुभाइ तथा साझेदारहरूसँग मिलेर गरिने पेसा(व्यवसायबाट भनेजस्तो रुपैयाँ पैसा कमाउन सकिएला।

मिथुन : चलाखीपूर्ण बोलीले काम बन्न सक्छ। शैक्षिक क्षेत्रमा प्रगति नै होला। आफ्नो क्षेत्रमा नयाँ योजना बनाउन सकिनेछ। धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुन सक्छ। दिनको मध्यमा जिद्दीपनाले गर्दा काम बिग्रने डर छ।

कर्कट : कुनै कुराले मनमा हर्ष, उमङ्ग र उत्साह व्याप्त हुनेछ। स्वादिष्ट खानपानको अवसर मिल्ला। उपहार पाइने सम्भावना छ। लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ।

सिंह : व्यर्थको यात्रामा जान बाध्य भइएला। विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ। स्वास्थ्यप्रति सजग रहन आवश्यक छ। बोलीको विपरीत अर्थ लाग्न सक्छ। धैर्य र लगनशीलताले लक्ष्यमा पुर्‍याउनेछ।

कन्या : अरूलाई प्रभावित पारेर काम बन्नेछ। प्रेम जीवन सामान्य नै होला। महत्त्वपूर्ण कामको थालनी हुनेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ। वैदेशिक क्षेत्रको काम भने अधुरै रहला।

तुला : ठीक समयमा सही निर्णय लिन सकिनेछ। रमणीय र सुखद यात्राको योग छ। नयाँ वस्त्र उपहार पाइनेछ। आयआर्जनका क्षेत्रमा सुधार आउनेछ। आर्थिक तथा सेयर कारोबारमा पनि राम्रै लाभ होला। निर्णायक क्षमतामा कमी आउनेछ।

वृश्चिक : चिताएको कामले तीव्रता लिनेछ। पारिवारिक माहोलमा रमाइनेछ। माङ्गलिक कार्यमा सहभागी भइएला। महत्त्वपूर्ण कामको थालनी हुनेछ। शुभकार्यको चर्चा चल्नाले मनमा शान्ति छाउनेछ। अतिथिको रूपमा सत्कार पाइनेछ।

धनु : सहकर्मीबाट विरोध आउला। आफैँले गरेका निर्णय कार्यान्वयन गर्न धौधौ पर्ला। विपक्षीको जालझेलबाट सावधान रहनुपर्नेछ। स्फूर्ति र उमङ्गको कमी हुनेछ। मनमा चञ्चलता बढ्नेछ। साँझमा शुभ समाचार सुन्नमा आउला।

मकर : घरपरिवारसँग सुख र मनोरञ्जनपूर्वक दिन बित्नेछ। सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने र धार्मिक कार्यमा सहभागी भइनेछ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। साँझमा झन्झटिलो कार्यमा समय खेर जान सक्छ।

कुम्भ : मानसिक चिन्ता बढे पनि कार्यक्षेत्रमा प्रगति हुनेछ। वाहन वा भूमिबाट लाभ होला। स्वादिष्ट र सुखद भोजन मिल्नेछ। स्वास्थ्यको भने ख्याल गर्नु होला। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।

मीन : शुभकार्यको चर्चा चल्नेछ। चलाखीपूर्ण बोलीले कार्यसिद्ध हुनेछ। पारिवारिक प्रेम सम्बन्ध कसिलो बन्ला। स्वादिष्ट भोजन मिल्नेछ। सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ।

 

सम्बन्धित समाचार

भक्तपुरमा गाडी दुर्घटना, ३ को मृत्यु

भक्तपुरमा गाडी दुर्घटना, ३ को मृत्यु

भक्तपुर। नगरकोटबाट सुडालतर्फ आउँदै गरेको बा५च ७८८१ नम्बरको निजी कार चाँगुनारायण नगरपालिका–८ जितपुरस्थित वडा कार्यालय नजिक सडकमा भएको दुर्घनामा...

साफ यू२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा

साफ यू२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा

काठमाडौँ।  साफ यू-२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा भएको छ। मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले धर्बेन्द्र...

सुकेधारामा गाडीमा आगजनी गरेको अभियोगमा २ पक्राउ

सुकेधारामा गाडीमा आगजनी गरेको अभियोगमा २ पक्राउ

काठमाडौं। काठमाडौंको सुकेधारामा क्षेत्रमा गाडीमा आगजनी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरू मेडिकल व्यवसायी...

जेनजी आन्दोलनमा फरार व्यक्तिसहित चार जना सशस्त्र प्रहरीको नियन्त्रणमा

जेनजी आन्दोलनमा फरार व्यक्तिसहित चार जना सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं। जेनजी आन्दोलनका क्रममा फरार रहेका सुनिल थापासहित सशस्त्र प्रहरीले भक्तपुर जिल्लाको मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीबाट चार जनालाई नियन्त्रणमा लिएको...