मुख्य समाचार

कस्तो रहला आजको मौसम?

काठमाडौँ। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन। यतिबेला (सोमबार बिहान) देशका पहाडी तथा हिमाली भूभागको मौसम मुख्यतया सफा छ। तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ।

मधेस तथा कोसी प्रदेशका तराईका धेरै स्थानमा अहिले हुस्सु रकुहिरो लागेको भए पनि मध्याह्नपछि क्रमिक रुपमा सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हुस्सु र कुहिरोको कारण तराई भूभागको दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्नको लागि आवश्यक उपाय तथा सतर्कता अपनाउन पनि महाशाखाले सबैलाई अनुरोध गरेको छ।

महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा भनिएको छ, ‘मधेस तथा कोसी प्रदेशका तराईका धेरै स्थानमा लाग्ने हुस्सु र कुहिरो मध्याह्नपछि क्रमिक रुपमा सुधार हुने छ। बाँकी तराईका केही स्थानमा लाग्ने हुस्सु र कुहिरो पनि मध्यान्न सम्ममा सुधार हुने सम्भावना रहेको छ। सोको प्रभावले मध्यान्न सम्मको समयमा तराई भूभागको दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन अनुरोध छ।’

सम्बन्धित समाचार

बेनीघाट-आरुघाट-लार्के सडक चार दिन बन्द हुने

बेनीघाट-आरुघाट-लार्के सडक चार दिन बन्द हुने

सुलीकोट । गोरखाको बेनीघाट–आरुघाट–लार्के सडकखण्ड अन्तर्गत धार्चे गाउँपालिका–७ मा पर्ने न्याउनी खोला पुल चार दिनका लागि बन्द हुने भएको...

म्याग्दीलाई हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने प्रमुख मुद्दा

म्याग्दीलाई हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने प्रमुख मुद्दा

म्याग्दी। म्याग्दीका उम्मेदवारले हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने विषयलाई मुख्य चुनावी मुद्दा बनाएका छन् । सात वर्षअघि सरकारले केही...

लागुऔषध ओसारपसारः उनान्सय जनाविरुद्ध पैँसट्ठी मुद्दा दर्ता

लागुऔषध ओसारपसारः उनान्सय जनाविरुद्ध पैँसट्ठी मुद्दा दर्ता

काठमाडौँ। नेपाल प्रहरीले यहाँ गत माघ महिनामा लागुऔषध कारोबारका अभियोगमा ९९आरोपीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका...

उत्कृष्ट काम गर्ने उपत्यकाका ३ प्रहरी अधिकृत पुरस्कृत

उत्कृष्ट काम गर्ने उपत्यकाका ३ प्रहरी अधिकृत पुरस्कृत

काठमाडौँ। काठमाडौं उपत्यकामा उत्कृष्ट काम गर्ने ३ अधिकृत पुरस्कृत हुनुभएको छ। विभिन्न किसिमका विरोध, प्रर्दशन, बन्द हड्ताल, मेला पर्व,...