शुक्रबार, फाल्गुन ३०, २०८१
English
Follow us:

कस्तो रहला आजको मौसम?

कस्तो रहला आजको मौसम?

  • खबर सेवा

  • सोमवार, माघ २१, २०८१

  • 67
    SHARES
कस्तो रहला आजको मौसम?

काठमाडौँ। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन। यतिबेला (सोमबार बिहान) देशका पहाडी तथा हिमाली भूभागको मौसम मुख्यतया सफा छ। तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ।

मधेस तथा कोसी प्रदेशका तराईका धेरै स्थानमा अहिले हुस्सु रकुहिरो लागेको भए पनि मध्याह्नपछि क्रमिक रुपमा सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हुस्सु र कुहिरोको कारण तराई भूभागको दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्नको लागि आवश्यक उपाय तथा सतर्कता अपनाउन पनि महाशाखाले सबैलाई अनुरोध गरेको छ।

महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा भनिएको छ, ‘मधेस तथा कोसी प्रदेशका तराईका धेरै स्थानमा लाग्ने हुस्सु र कुहिरो मध्याह्नपछि क्रमिक रुपमा सुधार हुने छ। बाँकी तराईका केही स्थानमा लाग्ने हुस्सु र कुहिरो पनि मध्यान्न सम्ममा सुधार हुने सम्भावना रहेको छ। सोको प्रभावले मध्यान्न सम्मको समयमा तराई भूभागको दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन अनुरोध छ।’


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology