कस्तो आजको राशिफल?
आज मंगलबार, २२ माघ २०८१ ९४ फेब्रुअरी २०२५०। हेर्नुस् आजको राशिफल।
मेष : शुभ समाचार सुन्न पाइएला। प्रतिस्पर्धामा सम्मानजनक स्थान हात पर्नेछ। कुटुम्बबाट विशेष सहयोग मिल्नेछ। जोस, जाँगर र हिम्मत बढ्नेछ। पुराना साथीभाइसँग अप्रत्याशित भेट होला।
वृष : सरकारी निकायको भय रहला। वैदेशिक कार्यमा बाधा आउनेछ, अविश्वास उत्पन्न होला। शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ, सचेत रहनुहोला। मान्यजनको आशीर्वादले काम गर्नेछ।
मिथुन : प्रविधिका क्षेत्रमा उन्नति हुने देखिन्छ। वैदेशिक क्षेत्रबाट सफलता मिल्ला। दाम्पत्य र प्रेम जीवन सुखमय रहनेछ। अतिथिको रूपमा सत्कार पाइनेछ। सेयर बजारबाट फाइदा हुनेछ। कला र मनोरञ्जनमा अभिरुचि बढ्नेछ।
कर्कट : आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। लक्ष्मी प्राप्तिको राम्रो योग रहेको छ। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। नयाँ काम वा रोजगारको अवसर मिल्नेछ। प्रतिस्पर्धाहरूमा उत्तीर्ण हुन सकिनेछ।
सिंह : पदोन्नतिको सम्भावना छ। सेयर बजारको लगानीबाट सफलता मिल्नेछ। व्यवसायका क्रममा नयाँ योजना बन्नेछन्। मनोरञ्जनात्मक तरिकाले दिन बित्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ।
कन्या : बन्न लागेको काम बिग्रन सक्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ। प्रेममा मनमुटावका साथै मन कमजोर रहला। आर्थिक समस्याले सताउन सक्छ। तर, साँझमा भने धन हात पर्न सक्छ।
तुला : धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। पुँजी बजारले साथ दिनेछ। साँझमा कुनै कुराले चिन्ता बढेको महसुस हुनेछ।
वृश्चिक : आफन्तसँग भेटघाट हुनेछ। पुरानो साथीसँग भेट हुने सम्भावना छ। लामो समयदेखि रोकिएका काम अघि बढ्नेछन्। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ।
धनु : शुभकार्यको चर्चा चल्नेछ। टाढिएका परिवारजनसँग भेटघाट हुनेछ। रोकिएका काम पूरा हुनेछन्। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। अकस्मात् धन सम्पत्ति हात पर्न सक्छ। पुँजी बजारमा लगानीको अवसर छ।
मकर : लाभहानि बराबरी हुनेछ। झुटा आरोप लाग्ने हुँदा सजग रहनुहोला। गरेका काममा ढिलासुस्ती हुनेछ। आर्थिक क्षेत्रमा सङ्कट आउला। प्रेममा मनमुटावका साथै मन कमजोर रहला।
कुम्भ : अरूलाई प्रभावित पारेर काम बन्नेछ। पारिवारिक जीवन र प्रणय सम्बन्ध गाढा हुँदै जानेछ। मनोरञ्जनमा सहभागी भइएला। गरेको कार्यमा सफलता पाइनेछ। सेयर बजारमा लगानीको अवसर छ। सुखद यात्रा हुनेछ।
मीन : विद्यामा प्रगित होला। परीक्षा राम्रो हुनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। प्रेम र दाम्पत्य जीवनमा नयाँ आयाम थपिनेछ। न्यायिक कार्य तपाईँको पक्षमा हुनेछ। शुभकार्यको चर्चा चल्नेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्ला।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
४.
बढ्यो नेप्से
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
भक्तपुरमा गाडी दुर्घटना, ३ को मृत्यु
भक्तपुर। नगरकोटबाट सुडालतर्फ आउँदै गरेको बा५च ७८८१ नम्बरको निजी कार चाँगुनारायण नगरपालिका–८ जितपुरस्थित वडा कार्यालय नजिक सडकमा भएको दुर्घनामा...
साफ यू२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा
काठमाडौँ। साफ यू-२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा भएको छ। मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले धर्बेन्द्र...
सुकेधारामा गाडीमा आगजनी गरेको अभियोगमा २ पक्राउ
काठमाडौं। काठमाडौंको सुकेधारामा क्षेत्रमा गाडीमा आगजनी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरू मेडिकल व्यवसायी...
जेनजी आन्दोलनमा फरार व्यक्तिसहित चार जना सशस्त्र प्रहरीको नियन्त्रणमा
काठमाडौं। जेनजी आन्दोलनका क्रममा फरार रहेका सुनिल थापासहित सशस्त्र प्रहरीले भक्तपुर जिल्लाको मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीबाट चार जनालाई नियन्त्रणमा लिएको...




