बुधबार, माघ २३, २०८१
English
Follow us:

यात्रामा हुनुहुन्छ? आज यी स्थानमा पर्दैछ पानी

यात्रामा हुनुहुन्छ? आज यी स्थानमा पर्दैछ पानी

  • खबर सेवा

  • मङ्लबार, माघ २२, २०८१

  • 60
    SHARES
यात्रामा हुनुहुन्छ? आज यी स्थानमा पर्दैछ पानी

काठमाडौँ। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। यतिबेला (सोमबार बिहान) सुदूरपश्चिम र कर्णालीसहित गण्डकी प्रदेशको पहाडी भूभागको मौसम आंशिकदेखि साधारणतया बदली छ।

तराईका केही स्थानमा अहिले हुस्सु र कुहिरो लागेको छ। देशको बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा आज हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ।

महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनमा भनिएको छ, ‘आगामी २४ घण्टाको अवधिमा सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेश प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ। वर्षा र हिमपातको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाटसमेत बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउनुहुन अनुरोध छ।’


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology