बन्द र समायोजन भएका विद्यालयको विवरण पठाउन निर्देशन
काठमाडौँ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै स्थानीय तहलाई बन्द र समायोजन भएका विद्यालयको विवरण पठाउन निर्देशन दिएको छ। विकास केन्द्रले बन्द तथा समायोजनका कारणले सञ्चालनमा नरहेका विद्यालयहरु भए सोको विवरण माघ मसान्तसम्ममा तोकिएको ढाँचाअनुसार पठाउनु भनेको छ।
विकास केन्द्रका अनुसार एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीमा विद्यालयको आइएमआइएस कोड कायम भएका तर हाल विद्यार्थीको लगायतका अन्य विवरण नभएका विद्यालयको सूची केन्द्रको वेबसाइटमा प्रकाशन गरिएको छ।
‘उक्त सूचीमा रहेका र अन्य विद्यालयहरू जुन बन्द तथा समायोजनका कारणले सञ्चालनमा नरहेका भए सोको विवरण मिति २०८१ साल माघ मसान्तसम्म तोकिएअनुसार ढाँचामा यस शाखाको इमेलमा पठाइदिनुहुन निर्णयानुसार अनुरोध छ,’ सूचनामा उल्लेख।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
कति छ तरकारीको मूल्य?
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...
चैते दसैँको आज घटस्थापना
काठमाडौं । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका...
पराजयपछि कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ। चुनावमा पराजयपछि कांग्रेसले पहिलोपटक केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो। बैठक...
क्युबाविरुद्ध कारबाही गर्ने ट्रम्पको धम्की
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाबाट तेल निर्यात रोकिए पछि बढ्दो विद्युत सङ्कटको सामना गरिरहेको अवस्थामा क्युबाको सरकार विरुद्ध तत्काल...




