काठमाडौँ। लामो समयदेखि नेपाल शिक्षक महासंघको गतिविधिको विरोध गर्दै रहेको नेकपा एमाले निकट नेपाल शिक्षक संगठनबीच सहमति भएको छ। गएको महाधिवेशनमा असन्तुष्ट रहेको संगठन मंगलबार महासंघसँग सहमति गर्दै अब एक भएर अघि बढ्ने भएको हो।
योसँगै महासंघले घोषणा गरेको आन्दोलनमा समेत संगठन सहभागी भएर अघि बढ्ने सहमति भएको हो। यसअघि नै महासंघले संसद्मा दर्ता भएको विद्यालय शिक्षा विधेयक पास गर्न माग गर्दै सडक आन्दोलन सुरु गरेको छ। सोही आन्दोलनमा समेत संगठन सहभागी हुने भएको छ।
यसअघि संगठन सरकारविरुद्ध आन्दोलन नजाने भएसँगै अनेक टिकाटिप्पणी भएका थिए। एमाले निकट शिक्षकहरू आफ्नै सरकारविरुद्ध आन्दोलनमा जान डराएको आरोप लागेको थियो।