अन्ततः एमाले निकट शिक्षक संगठन र शिक्षक महासंघबीच सहमति
काठमाडौँ। लामो समयदेखि नेपाल शिक्षक महासंघको गतिविधिको विरोध गर्दै रहेको नेकपा एमाले निकट नेपाल शिक्षक संगठनबीच सहमति भएको छ। गएको महाधिवेशनमा असन्तुष्ट रहेको संगठन मंगलबार महासंघसँग सहमति गर्दै अब एक भएर अघि बढ्ने भएको हो।
योसँगै महासंघले घोषणा गरेको आन्दोलनमा समेत संगठन सहभागी भएर अघि बढ्ने सहमति भएको हो। यसअघि नै महासंघले संसद्मा दर्ता भएको विद्यालय शिक्षा विधेयक पास गर्न माग गर्दै सडक आन्दोलन सुरु गरेको छ। सोही आन्दोलनमा समेत संगठन सहभागी हुने भएको छ।
यसअघि संगठन सरकारविरुद्ध आन्दोलन नजाने भएसँगै अनेक टिकाटिप्पणी भएका थिए। एमाले निकट शिक्षकहरू आफ्नै सरकारविरुद्ध आन्दोलनमा जान डराएको आरोप लागेको थियो।

ताजा अपडेट
-
१.
कम्बोडियाको पर्यटनले सन् २०२५ मा ३.८७ बिलियन अमेरिकी डलर राजश्व संकलन गर्यो
-
२.
संयुक्त राष्ट्रसंघद्वारा यमनमा यस वर्षको मानवीय आवश्यकताका लागि २.१६ अर्ब अमेरिकी डलरको अपिल
-
३.
भारतीय राजधानीमा आगलागीबाट ९ जनाको मृत्यु
-
४.
मलेसियाको आन्तरिक पर्यटन २०२५ मा ११.५ प्रतिशतले वृद्धि
-
५.
४७ करोड लागतमा कोदारीको पहिरो नियन्त्रण शुरुः २ सय ५० घरधुरी जोखिममुक्त हुँदै
ट्रेन्डिङ
सम्बन्धित समाचार
शिक्षालाई प्राथमिकता दिन हिसानको माग
काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन प्रयोजनाका लागि तयार...
आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल
काठमाडौँ। त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले क्याम्पसहरूलाई आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गर्नुभएको छ।...
काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि
काठमाडौँ। विगतका वर्षहरूमा भन्दा आगामी शैक्षिक सत्रका लागि काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको सङ्ख्यामा उल्लेख्य...
यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि
काठमाडौँ। यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज चैत १९ गतेदेखि...




