बुधबार, माघ २३, २०८१
English
Follow us:

रवि लामिछाने चितवनमा

रवि लामिछाने चितवनमा

  • खबर सेवा

  • बुधबार, माघ २३, २०८१

  • 51
    SHARES
रवि लामिछाने चितवनमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित भएका छन् । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बचत रकम हिनामिनाबारे मुद्दा दर्ता भएपछि लामिछाने अदालतमा उपस्थित भएका हुन् ।

जिल्ला सरकारी वकिलको कार्यालयले मंगलबार दर्ता गरेको पूरक अभियोजनमा लामिछानेमाथि ठगी कसुरमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा २४९ को उपदफा १ र २ विपरीत कसूर गरेको अभियोग लगाइएको छ ।

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको ठगी भएको भनिएको जम्मा रकम रू ५२ करोड ३२ लाख ८५ हजार ३०८ रहेको छ। हाल जाहेरी परेको रकम ३८ करोड नौ लाख ७९ हजार एक सय ७७ क्षतिपूर्ति भराउन मागदाबी गरिएको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए । रू ५२ करोडमध्ये अहिले अभियोगमा देखिएको र बाँकी थप रू १४ करोड २३ लाख छ हजार एक सय ३१ जाहेरी परेका बखत पुनः पूरक अभियोग जाहेर हुनेगरी अभियोग दाबी गरिएको छ । उनी गए राति नै चितवन पुगेका थिए।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology