बिहिबार, माघ २४, २०८१
English
Follow us:

सदनबाट आजै ६ अध्यादेश पारित गर्ने तयारीमा सरकार

सदनबाट आजै ६ अध्यादेश पारित गर्ने तयारीमा सरकार

  • खबर सेवा

  • बिहिबार, माघ २४, २०८१

  • 50
    SHARES
सदनबाट आजै ६ अध्यादेश पारित गर्ने तयारीमा सरकार

काठमाडौँ। प्रतिनिधि सभाको बैठक आज बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहीबार दिउँसो १ बजेदेखि बैठक सुरू हुनेछ।

आजको बैठकबाट अध्यादेश पारित गर्नका लागि प्रस्ताव पेस गर्ने कार्यसूची छ। सँगै अध्यादेशलाई अस्वीकार गर्न पेस भएका प्रस्तावहरुलाई पनि प्रस्तुन गर्ने कार्यसूची छ। अध्यादेश अस्वीकृत गर्न प्रतिपक्षी दलहरूका सांसदले प्रतिनिधि सभामा ५० र राष्ट्रिय सभामा १६ प्रस्ताव दर्ता गरेका छन्।

प्रतिनिधि सभामा सत्तापक्षको बहुमत भएकाले त्यहाँबाट अध्यादेश सजिलै पास हुनेछ। यद्यपि राष्ट्रिय सभामा भने सत्तारूढ दलहरूले मात्रै बहुमत नपुग्ने भएकाले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले उपेन्द्र यादवको साथ खोजेका छन्।

यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले त्यसबारेमा बिहीबार नै निर्णय गर्ने बताएको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology