यी स्थानमा पर्न सक्छ पानी
काठमाडौँ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। यतिबेला (बिहीबार बिहान) कोसी प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ। तराईका भूभागमा अहिले हुस्सु र कुहिरो लागेको छ।
देशका बाँकी भूभागको मौसम भने मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले बिहीबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा आगामी २४ घण्टाको अवधिमा कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको उल्लेख छ।
‘बिहानीपख तराईका भूभागमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको देखिन्छ। यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाटसमेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनुहुन अनुरोध छ,’ बुलेटिनमा भनिएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
पोखरीमा मृत भेटिएको शवको भएन सनाखत
सिरहा। औरही गाउँपालिका-५ स्थित पोखरीमा महिलाको शव फेला परेको छ। प्रहरीका अनुसार मृतकको पहिचान खुल्न सकेको छैन । बुधबार...
कांग्रेसको विशेष महाधिवेशन अनुचित सिद्ध भयो : नेता सिटौला
काठमाडौँ। नेपाली कांग्रेसका नेता तथा राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले विशेष महाधिवेशन अनुचित भएको बताउनुभएको छ। बुधवार सिंहदरबार परिसरमा सञ्चारकर्मीहरुसँगको...
नेप्सेमा गिरावट
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४६ दशमलव ७८ अंकले घटेर दुई हजार ७९६ दशमलव ५७ को बिन्दुमा कायम...
मनाङे रिहा
काठमाडौं। गण्डकी प्रदेशका पूर्वसांसद राजीव गुरुङ (दीपक मनाङे) रिहा हुनुभएको छ। बुधबार गुरुङ डिल्लीबजार कारागारबाट रिहा भएको जेलर बाबुराम...




