बिहिबार, माघ २४, २०८१
English
Follow us:

रविलाई अदालतले मागिसके २ करोड ७९ लाख, बुझाए २ करोड २५ लाख

कहाँ कति धरौटी बुझाएर रिहा भए रवि?

कहाँ कति धरौटी बुझाएर रिहा भए रवि?

मुद्दा अझै यथावत्

  • खबर सेवा

  • बिहिबार, माघ २४, २०८१

  • 38
    SHARES
कहाँ कति धरौटी बुझाएर रिहा भए रवि?

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला अदालत चितवनले ६५ लाख धरौटी माग गरेको छ। सहारा चितवन सहकारी ठगीको अभियोगमा रिहाइ हुन उनलाई सोही रकम बराबरको धरौटीमा गरेको हो। तर उनलाई धरौटी मागेको यो पहिलो पल्ट होइन।

उनलाई हालसम्म अदालतले २ करोड ७९ लाख रुपैयाँ मागिसकेका छन्। जसमध्ये २ करोड २५ लाख रुपैयाँ बुझाइसकेका छन्। अझै एउटा अदालतमा मुद्दा यथावत् छ।

यसअघि रविलाई रूपन्देही अदालतले एक करोड रुपैयाँ, काठमाडौँ जिल्ला अदालतले ६० लाख र कास्की जिल्ला अदालतले ६५ लाख मागेका थिए। उनले बैंक धरौटी राखेर रिहा भएका छन्। यद्यपि, रविको मुद्दा भने अझै बाँकी छन्। उनीविरुद्ध पर्सा जिल्ला अदालतमा समेत उनीविरुद्ध मुद्दा छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology