कस्तो छ आजको भाग्यफल, हेर्नुस्
आज आइतबार, २७ माघ २०८। हेर्नुस् आजको राशिफल
मेष : शुभ कार्यमा सरिक भइनेछ। विशिष्ट व्यक्तिलाई प्रभावित पारेर काम बनाउन सकिनेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बढी लाभ हुनेछ। कामका विभिन्न अवसर फेला पर्लान्। भाग्यले अवसर जुराउनेछ।
वृष : पारिवारिक सम्बन्ध कसिलो हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। प्रविधिका क्षेत्रमा उन्नति र शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। जोशजाँगर र हिम्मत बढ्ला।
मिथुन : पारिवारिक जमघटमा मन रमाउनेछ। प्रतिस्पर्धाहरूमा उत्तीर्ण हुन सकिनेछ। टाढिएका परिवारजनसँग भेटघाट होला। लक्ष्मी प्राप्तिको योग रहेको छ। वैदेशिक क्षेत्रको काम अघि बढ्ला। सुखद् यात्राको योग छ।
कर्कट : झन्झटिलो काममा संलग्न हुनुपर्ने र आर्थिक नोक्सानी होला। वैदेशिक क्षेत्र कमजोर छ। शरीर भारी र मन अस्थिर रहने देखिन्छ। कार्य सम्पादनमा समस्या आउला तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन।
सिंह : घरमा अतिथिको आगमन हुनेछ। प्राविधिक कार्यमा उन्नतिका साथै आर्थिक वृद्धि हुनेछ। अध्ययन अध्यापनमा सफलता मिल्नेछ। प्रेमीको साथ मिल्नेछ तर स्वास्थ्यको ख्याल गर्नु होला।
कन्या : सुखद् यात्राका अवसर प्राप्त हुनेछन्। अरुलाई प्रभावित पारेर काम बन्नेछ। सेयर बजारमा लगानीको अवसर मिल्ला। आर्थिक उन्नतिका साथै प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। दिनको उत्तरार्धमा धन खर्च बढ्नसक्छ।
तुला : समाजसेवामा मन लाग्नेछ। प्रेममा सफलता प्राप्त हुनुका साथै नयाँ कार्य प्राप्तिको योग देखिन्छ। विज्ञानको ज्ञानमा वृद्धि हुनेछ। नयाँ र शुभकार्यको चर्चा चल्नेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ।
वृश्चिक : महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। काममा ढिलासुस्ती हुनेछ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन्।पढाइलेखाइमा खासै प्रगति हुने देखिन्न तर प्रेम सम्बन्धमा मधुरता छाउनेछ।
धनु : कला र मनोरञ्जनमा रुचि बढ्नेछ। स्वादिष्ट भोजनको अवसर मिल्ला। जोशजाँगर र उमंग बढ्नेछ। सेयर बजारको साथ मिल्नेछ। पूँजी बजारमा लगानीको अवसर छ।
मकर : रमाइलो यात्राको सम्भावना छ। सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउनेछन्। न्यायिक कार्यमा सफलता मिल्नेछ। टाढिएका परिवारजनसँग भेटघाट होला। व्यापार भने सामान्य हुनेछ। वैदेशिक कार्य अघि बढ्नेछ।
कुम्भ : धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ। जुक्ति प्रयोग गरे एकपछि अर्को अवसर मिल्नेछ। आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन्। मनमा उत्साह छाउने र बोली बिक्ने समय छ।
मीन : मनको अस्थिरता र अधैर्यताका कारण निर्णय क्षमतामा कमी आउला। अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ला। आत्मघाती काम गर्नबाट सावधान हुनुहोला। साँझमा भने सहयोगीको साथमा हुनेछन्।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
४.
बढ्यो नेप्से
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
भक्तपुरमा गाडी दुर्घटना, ३ को मृत्यु
भक्तपुर। नगरकोटबाट सुडालतर्फ आउँदै गरेको बा५च ७८८१ नम्बरको निजी कार चाँगुनारायण नगरपालिका–८ जितपुरस्थित वडा कार्यालय नजिक सडकमा भएको दुर्घनामा...
साफ यू२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा
काठमाडौँ। साफ यू-२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा भएको छ। मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले धर्बेन्द्र...
सुकेधारामा गाडीमा आगजनी गरेको अभियोगमा २ पक्राउ
काठमाडौं। काठमाडौंको सुकेधारामा क्षेत्रमा गाडीमा आगजनी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरू मेडिकल व्यवसायी...
जेनजी आन्दोलनमा फरार व्यक्तिसहित चार जना सशस्त्र प्रहरीको नियन्त्रणमा
काठमाडौं। जेनजी आन्दोलनका क्रममा फरार रहेका सुनिल थापासहित सशस्त्र प्रहरीले भक्तपुर जिल्लाको मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीबाट चार जनालाई नियन्त्रणमा लिएको...




