
आज सोमबार, २८ माघ २०८१ ९१० फेब्रुअरी २०२५०। हेर्नुस् आजको राशिफल
मेष : युक्ति र बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ। धार्मिक एवं सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ। नयाँ र शुभ समाचार सुन्न पाइएला। प्रेम सम्बन्धमा मधुरता छाउनेछ। सामाजिक कामबाट सफलता हात पर्ला।
वृष : हाँसखेल र मनोरञ्जनपूर्ण समय हो। शुभ कार्यको योजना बनाउन र सृजनात्मक क्षमतालाई प्रस्फुटन गर्न सक्नुहुन्छ। परोपकार तथा पुण्य आर्जन गर्न संलग्न भइनेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ।
मिथुन : कुनै न कुनै कुराले मनमा शान्ति र खुसियाली मिल्नेछ। कार्यक्षेत्र वा समाजमा कुरा काट्नेको सङ्ख्या बढे पनि दाजुभाइ र साथीले राम्रो सहयोग गर्नेछन्। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ।
कर्कट : लाभहानि बराबर होला। मनमा दोधारको अवस्था सिर्जना हुन सक्छ। जति प्रयत्न गर्दा पनि उपलब्धि हासिल गर्न मुस्किल पर्ला। सामाजिक कार्य गर्दा मानप्रतिष्ठा कायम राख्न गोपनीयतामा ध्यान पुर्याउनुहोला।
सिंह : लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन। सामाजिक तथा न्यायिक क्षेत्रमा संलग्न व्यक्तिले राम्रै सफलता प्राप्त गर्नेछन्। परोपकार तथा पुण्य आर्जन गर्न संलग्न भइनेछ। नयाँ कार्य वा रोजगारीको अवसर मिल्नेछ।
कन्या : दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। शुभकार्यको चर्चा चल्नेछ। प्रेमका कोपिला फक्रिएर जानेछन्। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न होलान्। राज्यस्तरबाट लोभलाग्दा अवसर प्राप्त हुने सम्भावना छ।
तुला : गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ। पढाइलेखाइमा राम्रो नतिजाका साथ सफलताको सिँढीहरू चढ्न सकिनेछ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ।
वृश्चिक : आफूलाई कमजोर भएको अनुभूति हुनेछ। मन भावुक र उत्ताउलो बन्नेछ। आफूलाई अनुशासित र संयम बनाउनु पर्छ। मठमन्दिरको भ्रमणले थप ऊर्जा प्रदान गर्नेछ। निराशाको अनुभव नगरी लागि पर्दा फल हात लाग्नेछ।
धनु : अचल सम्पत्ति हात पर्ने योग छ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। चलाखीपनले कार्यसिद्ध हुन सक्छ। प्राविधिक कार्यमा लगाव बढ्नेछ। वैदेशिक कार्य कमजोर रहनेछ। झैझगडा र मुद्दामामिलाबाट टाढिनु नै जाति हुन्छ।
मकर : लामो समयदेखिका बाधाहरू स्वतस् फुकुवा हुनेछन्। कुनै कारणवश रोकिएको कामले गति लिनेछ। मित्रहरूबाट सहयोग जुट्नेछ। साथीको सहयोग र हौसला मिल्नेछ। मानसम्मान पाइन सक्छ।
कुम्भ : पारिवारिक साथ र सुख मिल्नुका साथै खुसीको खबर सुन्न पाउनुहुनेछ। नयाँ ठाउँको रमाइलो हुनेछ। चिताएको कामले तीव्रता लिनेछ। प्रणय सम्बन्धको लागि समय उत्तम छ। सेयर बजारबाट लाभ लिन सकिन्छ।
मीन : सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ। घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ। बाहिरी खानपान, समय र स्वास्थ्यको विशेष ख्याल गर्नुपर्नेछ। साँझमा कुनै समाचारले मन खुसी रहला।