बुधबार, फाल्गुन २८, २०८१
English
Follow us:

यी स्थानमा आज पर्दैछ पानी

यी स्थानमा आज पर्दैछ पानी

  • खबर सेवा

  • सोमवार, माघ २८, २०८१

  • 67
    SHARES
यी स्थानमा आज पर्दैछ पानी

काठमाडौँ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हल्का हुस्सुरकुहिरो लागेको महाशाखाले बताएको छ।

सोमबार दिउँसो कोशी प्रदेशको हिमाली भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ। पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। मधेस प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

बागमती प्रदेशका हिमाली भूभागमा आंशिकदेखि साधारणतया बदली र थोरै स्थानमा हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ। बागमतीको पहाडी भूभागमा साधारणतया बदलीको सम्भावना छ।गण्डकी प्रदेशको हिमाली, पहाडी तथा तराई भूभागमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। गण्डकीका हिमाली भूभागमा हिमपातको सम्भावना छ।

लुम्बिनीका पहाडी भूभागमा पनि आंशिकदेखि साधारणतया बदली र तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहनेछ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology