मुख्य समाचार

यी स्थानमा आज पर्दैछ पानी

काठमाडौँ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हल्का हुस्सुरकुहिरो लागेको महाशाखाले बताएको छ।

सोमबार दिउँसो कोशी प्रदेशको हिमाली भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ। पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। मधेस प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

बागमती प्रदेशका हिमाली भूभागमा आंशिकदेखि साधारणतया बदली र थोरै स्थानमा हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ। बागमतीको पहाडी भूभागमा साधारणतया बदलीको सम्भावना छ।गण्डकी प्रदेशको हिमाली, पहाडी तथा तराई भूभागमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। गण्डकीका हिमाली भूभागमा हिमपातको सम्भावना छ।

लुम्बिनीका पहाडी भूभागमा पनि आंशिकदेखि साधारणतया बदली र तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहनेछ।

सम्बन्धित समाचार

पोखरीमा मृत भेटिएको शवको भएन सनाखत

पोखरीमा मृत भेटिएको शवको भएन सनाखत

सिरहा। औरही गाउँपालिका-५ स्थित पोखरीमा महिलाको शव फेला परेको छ। प्रहरीका अनुसार मृतकको पहिचान खुल्न सकेको छैन । बुधबार...

कांग्रेसको विशेष महाधिवेशन अनुचित सिद्ध भयो : नेता सिटौला

कांग्रेसको विशेष महाधिवेशन अनुचित सिद्ध भयो : नेता सिटौला

काठमाडौँ। नेपाली कांग्रेसका नेता तथा राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले विशेष महाधिवेशन अनुचित भएको बताउनुभएको छ। बुधवार सिंहदरबार परिसरमा सञ्चारकर्मीहरुसँगको...

नेप्सेमा गिरावट

नेप्सेमा गिरावट

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४६ दशमलव ७८ अंकले घटेर दुई हजार ७९६ दशमलव ५७ को बिन्दुमा कायम...

मनाङे रिहा

मनाङे रिहा

काठमाडौं। गण्डकी प्रदेशका पूर्वसांसद राजीव गुरुङ (दीपक मनाङे) रिहा हुनुभएको छ। बुधबार गुरुङ डिल्लीबजार कारागारबाट रिहा भएको जेलर बाबुराम...