
आज बुधबार, ३० माघ २०८१ (१२ फेब्रुअरी २०२५०, हेर्नुस् आजको राशिफल)
मेष : महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। स्वास्थ्यमा समस्या आउन सक्छ। घरायसी झमेलामा परिएला, सचेत रहनु होला। यात्रामा मालसामान हराउन सक्छ। साँझमा शुभ समाचार सुन्न पाइनेछ। धर्म तथा समाजसेवामा मन लाग्नेछ।
वृष : धर्मकर्म र समाजसेवामा मन लाग्नेछ। घरमा अतिथिको आगमन हुनेछ। शुभारम्भको चर्चा चल्नेछ। विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। लाभदायक यात्रा होला।
मिथुन : रोकिएको कामले पूर्णता पाउनेछ। राजनीति तथा समाजसेवामा मन लाग्नेछ। सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त होला। मनोरञ्जनको क्षेत्रमा सफलता मिल्नेछ। घरमा अतिथिको आगमन हुनेछ।
कर्कट : मन पर्ने व्यक्तिलाई सहयोग गर्न पाइनेछ। वैदेशिक कार्य सहजै सम्पादन हुनेछ। परोपकारी कार्यमा संलग्न भइनेछ। कसैकसैका लागि सन्तान प्राप्तिको योग छ।
सिंह : काममा ढिलासुस्ती हुनेछ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्न सक्छ। स्वास्थ्यप्रति सजग रहनुहोला अन्यथा धन खर्च हुनेछ। गर्न खोजेका काममा बाधा आउन सक्छ। साँझमा आफन्तले सहयोग गर्नेछन्।
कन्या : बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। प्रेमीबाट विशेष सहयोग मिल्नेछ। सामाजिक कार्यमा सफलता मिल्नेछ। शत्रुपक्ष सबल रहने भएकाले सजग रहनु नै उचित रहने देखिन्छ।
तुला : स्थान परिवर्तनको विशेष योग देखिन्छ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। टाढिएका मित्रसँग नजिकिने समय छ। आफन्तको सहयोगले कामहरू अगाडि बढ्नेछन्। नयाँ अनुभव मिल्नेछ।
वृश्चिक : नयाँ रोजगारीको अवसर मिल्नेछ। धनार्जनका नयाँ स्रोत पनि भेटिनेछन्। श्रमको उचित मूल्याङ्कन हुनेछ। कसैले उपहार दिन सक्छ। शुभकार्यको चर्चा चल्नेछ। मन प्रसन्न रहनेछ।
धनु : आफूलाई कमजोर भएको अनुभूति हुनेछ। परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ। कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। घर परिवारमा झैझमेलाको अवस्था आउला।
मकर : समाजसेवामा मन लाग्नेछ। पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्नेछ। छोटो यात्रा तथा मान सम्मान मिल्नेछ। तपाईँलाई कसैले भित्रभित्रै मन पराउन सक्छन्। मित्रबाट वैदेशिक क्षेत्रको काम विस्तारै अघि बढ्नेछ।
कुम्भ : रमाइलो यात्राको सम्भावना छ। वैदेशिक कार्य अघि बढ्नेछ। साथीभाइसँगको भेटघाटले मन प्रफुल्ल रहला। छोटो दूरीको लाभदायक यात्रा हुनेछ। आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ।
मीन : मानसिक चिन्ता बढे पनि कार्यक्षेत्रमा प्रगति हुनेछ। नसोचेको ठाउँबाट धन हात पर्नेछ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। नयाँ तथा शुभ समाचार सुन्न पाइएला। राजनीतिक कार्यमा सफलता मिल्नेछ।