कस्तो छ आजको राशिफल?
आज बुधबार, ३० माघ २०८१ (१२ फेब्रुअरी २०२५०, हेर्नुस् आजको राशिफल)
मेष : महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। स्वास्थ्यमा समस्या आउन सक्छ। घरायसी झमेलामा परिएला, सचेत रहनु होला। यात्रामा मालसामान हराउन सक्छ। साँझमा शुभ समाचार सुन्न पाइनेछ। धर्म तथा समाजसेवामा मन लाग्नेछ।
वृष : धर्मकर्म र समाजसेवामा मन लाग्नेछ। घरमा अतिथिको आगमन हुनेछ। शुभारम्भको चर्चा चल्नेछ। विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। लाभदायक यात्रा होला।
मिथुन : रोकिएको कामले पूर्णता पाउनेछ। राजनीति तथा समाजसेवामा मन लाग्नेछ। सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त होला। मनोरञ्जनको क्षेत्रमा सफलता मिल्नेछ। घरमा अतिथिको आगमन हुनेछ।
कर्कट : मन पर्ने व्यक्तिलाई सहयोग गर्न पाइनेछ। वैदेशिक कार्य सहजै सम्पादन हुनेछ। परोपकारी कार्यमा संलग्न भइनेछ। कसैकसैका लागि सन्तान प्राप्तिको योग छ।
सिंह : काममा ढिलासुस्ती हुनेछ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्न सक्छ। स्वास्थ्यप्रति सजग रहनुहोला अन्यथा धन खर्च हुनेछ। गर्न खोजेका काममा बाधा आउन सक्छ। साँझमा आफन्तले सहयोग गर्नेछन्।
कन्या : बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। प्रेमीबाट विशेष सहयोग मिल्नेछ। सामाजिक कार्यमा सफलता मिल्नेछ। शत्रुपक्ष सबल रहने भएकाले सजग रहनु नै उचित रहने देखिन्छ।
तुला : स्थान परिवर्तनको विशेष योग देखिन्छ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। टाढिएका मित्रसँग नजिकिने समय छ। आफन्तको सहयोगले कामहरू अगाडि बढ्नेछन्। नयाँ अनुभव मिल्नेछ।
वृश्चिक : नयाँ रोजगारीको अवसर मिल्नेछ। धनार्जनका नयाँ स्रोत पनि भेटिनेछन्। श्रमको उचित मूल्याङ्कन हुनेछ। कसैले उपहार दिन सक्छ। शुभकार्यको चर्चा चल्नेछ। मन प्रसन्न रहनेछ।
धनु : आफूलाई कमजोर भएको अनुभूति हुनेछ। परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ। कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। घर परिवारमा झैझमेलाको अवस्था आउला।
मकर : समाजसेवामा मन लाग्नेछ। पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्नेछ। छोटो यात्रा तथा मान सम्मान मिल्नेछ। तपाईँलाई कसैले भित्रभित्रै मन पराउन सक्छन्। मित्रबाट वैदेशिक क्षेत्रको काम विस्तारै अघि बढ्नेछ।
कुम्भ : रमाइलो यात्राको सम्भावना छ। वैदेशिक कार्य अघि बढ्नेछ। साथीभाइसँगको भेटघाटले मन प्रफुल्ल रहला। छोटो दूरीको लाभदायक यात्रा हुनेछ। आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ।
मीन : मानसिक चिन्ता बढे पनि कार्यक्षेत्रमा प्रगति हुनेछ। नसोचेको ठाउँबाट धन हात पर्नेछ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। नयाँ तथा शुभ समाचार सुन्न पाइएला। राजनीतिक कार्यमा सफलता मिल्नेछ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
४.
बढ्यो नेप्से
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
भक्तपुरमा गाडी दुर्घटना, ३ को मृत्यु
भक्तपुर। नगरकोटबाट सुडालतर्फ आउँदै गरेको बा५च ७८८१ नम्बरको निजी कार चाँगुनारायण नगरपालिका–८ जितपुरस्थित वडा कार्यालय नजिक सडकमा भएको दुर्घनामा...
साफ यू२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा
काठमाडौँ। साफ यू-२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा भएको छ। मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले धर्बेन्द्र...
सुकेधारामा गाडीमा आगजनी गरेको अभियोगमा २ पक्राउ
काठमाडौं। काठमाडौंको सुकेधारामा क्षेत्रमा गाडीमा आगजनी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरू मेडिकल व्यवसायी...
जेनजी आन्दोलनमा फरार व्यक्तिसहित चार जना सशस्त्र प्रहरीको नियन्त्रणमा
काठमाडौं। जेनजी आन्दोलनका क्रममा फरार रहेका सुनिल थापासहित सशस्त्र प्रहरीले भक्तपुर जिल्लाको मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीबाट चार जनालाई नियन्त्रणमा लिएको...




