मुख्य समाचार

यी स्थानमा पर्ने छ पानी

काठमाडौँ। हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। यतिबेला (बुधबार बिहान) कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ।

देशका बाँकी भूभागको मौसम मुख्यतया सफा छ। अहिले देशको मध्य तथा पूर्वी तराईका केही भूभागमा हुस्सु र कुहिरो लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेको छ,

‘कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा आज हल्का हिमपातको सम्भावना छ। बिहानीपख तराईका केही भूभागमा हुस्सु र कुहिरो लाग्ने सम्भावना पनि छ। यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाटसमेत बच्नको लागि आवश्यक उपाय तथा सतर्कता अपनाउनुहुन अनुरोध छ।’

सम्बन्धित समाचार

पोखरीमा मृत भेटिएको शवको भएन सनाखत

पोखरीमा मृत भेटिएको शवको भएन सनाखत

सिरहा। औरही गाउँपालिका-५ स्थित पोखरीमा महिलाको शव फेला परेको छ। प्रहरीका अनुसार मृतकको पहिचान खुल्न सकेको छैन । बुधबार...

कांग्रेसको विशेष महाधिवेशन अनुचित सिद्ध भयो : नेता सिटौला

कांग्रेसको विशेष महाधिवेशन अनुचित सिद्ध भयो : नेता सिटौला

काठमाडौँ। नेपाली कांग्रेसका नेता तथा राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले विशेष महाधिवेशन अनुचित भएको बताउनुभएको छ। बुधवार सिंहदरबार परिसरमा सञ्चारकर्मीहरुसँगको...

नेप्सेमा गिरावट

नेप्सेमा गिरावट

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४६ दशमलव ७८ अंकले घटेर दुई हजार ७९६ दशमलव ५७ को बिन्दुमा कायम...

मनाङे रिहा

मनाङे रिहा

काठमाडौं। गण्डकी प्रदेशका पूर्वसांसद राजीव गुरुङ (दीपक मनाङे) रिहा हुनुभएको छ। बुधबार गुरुङ डिल्लीबजार कारागारबाट रिहा भएको जेलर बाबुराम...