शुक्रबार, बैशाख २६, २०८२
English
Follow us:

फागुनको पहिलो दिन, कस्तो छ हजुरको राशिफल

फागुनको पहिलो दिन, कस्तो छ हजुरको राशिफल

  • खबर सेवा

  • बिहिबार, फाल्गुन १, २०८१

  • 95
    SHARES
फागुनको पहिलो दिन, कस्तो छ हजुरको राशिफल

आज बिहीबार, १ फागुन २०८१ ९१३ फेब्रुअरी २०२५०। हेर्नुस् आजको राशिफल।

मेष : सहयोगीको साथ मिल्नेछ। काममा सोचेजस्तै सफलता हात पर्ला। बोलीको भरमा कार्य सम्पादन हुनेछ। रमाइलो र मङ्गल कार्यको योग छ। पढाइलेखाइमा प्रगति हुनेछ। कसैकसैलाई सन्तान प्राप्त होला।

वृष : समयलाई मध्यनजर गर्दै काम गर्नुपर्छ नत्र समस्या बढ्न सक्छ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। सामान हराउने योग छ। विपरीत वर्गबाट विशेष सहयोग मिल्नेछ। राजनीतिक कार्यमा सफल भइनेछ।

मिथुन : मन पर्ने साथीको साथ र सहयोग पाउन सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिएला। धार्मिक कार्य सफल रहनेछ। प्रेम सम्बन्ध कसिलो हुनेछ। वैदेशिक क्षेत्रको कमबाट लाभ होला।

कर्कट : सहयोगीले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। रोजगारीको क्षेत्रमा नयाँ अवसर प्राप्त होला। आफन्तबाट सहयोग प्राप्त हुनेछ। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ।

सिंह : सामाजिक कार्यमा रुचि जाग्नुकासाथै यात्राको योग छ। आफन्त एवं परिवारजनको सहयोगबाट विशेष लाभ हुनेछ। लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ।

कन्या : अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। बोलीको विपरीत अर्थ लाग्न सक्छ। बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ। प्रेममा समेत अविश्वासको वातावरण सिर्जना होला। मनोरञ्जनमा सहभागी भइनेछ।

तुला : लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। आफन्त वा मित्रबाट विशेष सहयोग मिल्नेछ। व्यापार व्यवसायमा श्रीवृद्धि हुनेछ। सामाजिक कार्यमा रुचि जाग्नुका साथै रमाइलो यात्राको योग देखिन्छ।

वृश्चिक : मन मिल्ने साथीले दिल खोलेर सहयोग गर्नेछन्। अधुरा काम सम्पन्न हुनेछन्। नयाँ सम्बन्ध जोडिन सक्छ। शुभचिन्तकले पूर्ण समर्थन प्रदान गर्नेछन्। सेयर बजार र एजेन्टको कामबाट नोक्सानी हुन सक्छ।

धनु : उपहार पाइने योग छ। यात्रामा भने सावधानी अपनाउनु पर्छ। प्रेममा अविश्वासको वातावरण सिर्जना होला। मनोरञ्जनात्मक क्रियाकलापमा सहभागी भइनेछ। तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन।

मकर : दिन त्यति राम्रो देखिँदैन। पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला। अप्रिय समाचारले खिन्नता बढ्न सक्छ। प्रेम सम्बन्धमा असमझदारी बढ्नेछ। तर, सद्विचारले अभिप्रेरित हुनेहरूलाई साँझपख लाभ मिल्नेछ।

कुम्भ : प्रतिष्ठित काम गर्ने मौका छ। सामाजिक कामको दायित्त्व बढ्नेछ। आँटेको र ताकेको कार्य पूरा होला। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। राजनीतिक क्षेत्रमा सफल भइनेछ।

मीन : सफल यात्राको योग देखिन्छ। समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन्। छरछिमेकमा सम्पन्न हुने धार्मिक एवं सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गमा मधुरता छाउनेछ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology