फागुनको पहिलो दिन, कस्तो छ हजुरको राशिफल
आज बिहीबार, १ फागुन २०८१ ९१३ फेब्रुअरी २०२५०। हेर्नुस् आजको राशिफल।
मेष : सहयोगीको साथ मिल्नेछ। काममा सोचेजस्तै सफलता हात पर्ला। बोलीको भरमा कार्य सम्पादन हुनेछ। रमाइलो र मङ्गल कार्यको योग छ। पढाइलेखाइमा प्रगति हुनेछ। कसैकसैलाई सन्तान प्राप्त होला।
वृष : समयलाई मध्यनजर गर्दै काम गर्नुपर्छ नत्र समस्या बढ्न सक्छ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। सामान हराउने योग छ। विपरीत वर्गबाट विशेष सहयोग मिल्नेछ। राजनीतिक कार्यमा सफल भइनेछ।
मिथुन : मन पर्ने साथीको साथ र सहयोग पाउन सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिएला। धार्मिक कार्य सफल रहनेछ। प्रेम सम्बन्ध कसिलो हुनेछ। वैदेशिक क्षेत्रको कमबाट लाभ होला।
कर्कट : सहयोगीले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। रोजगारीको क्षेत्रमा नयाँ अवसर प्राप्त होला। आफन्तबाट सहयोग प्राप्त हुनेछ। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ।
सिंह : सामाजिक कार्यमा रुचि जाग्नुकासाथै यात्राको योग छ। आफन्त एवं परिवारजनको सहयोगबाट विशेष लाभ हुनेछ। लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ।
कन्या : अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। बोलीको विपरीत अर्थ लाग्न सक्छ। बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ। प्रेममा समेत अविश्वासको वातावरण सिर्जना होला। मनोरञ्जनमा सहभागी भइनेछ।
तुला : लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। आफन्त वा मित्रबाट विशेष सहयोग मिल्नेछ। व्यापार व्यवसायमा श्रीवृद्धि हुनेछ। सामाजिक कार्यमा रुचि जाग्नुका साथै रमाइलो यात्राको योग देखिन्छ।
वृश्चिक : मन मिल्ने साथीले दिल खोलेर सहयोग गर्नेछन्। अधुरा काम सम्पन्न हुनेछन्। नयाँ सम्बन्ध जोडिन सक्छ। शुभचिन्तकले पूर्ण समर्थन प्रदान गर्नेछन्। सेयर बजार र एजेन्टको कामबाट नोक्सानी हुन सक्छ।
धनु : उपहार पाइने योग छ। यात्रामा भने सावधानी अपनाउनु पर्छ। प्रेममा अविश्वासको वातावरण सिर्जना होला। मनोरञ्जनात्मक क्रियाकलापमा सहभागी भइनेछ। तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन।
मकर : दिन त्यति राम्रो देखिँदैन। पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला। अप्रिय समाचारले खिन्नता बढ्न सक्छ। प्रेम सम्बन्धमा असमझदारी बढ्नेछ। तर, सद्विचारले अभिप्रेरित हुनेहरूलाई साँझपख लाभ मिल्नेछ।
कुम्भ : प्रतिष्ठित काम गर्ने मौका छ। सामाजिक कामको दायित्त्व बढ्नेछ। आँटेको र ताकेको कार्य पूरा होला। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। राजनीतिक क्षेत्रमा सफल भइनेछ।
मीन : सफल यात्राको योग देखिन्छ। समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन्। छरछिमेकमा सम्पन्न हुने धार्मिक एवं सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गमा मधुरता छाउनेछ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
४.
बढ्यो नेप्से
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
भक्तपुरमा गाडी दुर्घटना, ३ को मृत्यु
भक्तपुर। नगरकोटबाट सुडालतर्फ आउँदै गरेको बा५च ७८८१ नम्बरको निजी कार चाँगुनारायण नगरपालिका–८ जितपुरस्थित वडा कार्यालय नजिक सडकमा भएको दुर्घनामा...
साफ यू२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा
काठमाडौँ। साफ यू-२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा भएको छ। मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले धर्बेन्द्र...
सुकेधारामा गाडीमा आगजनी गरेको अभियोगमा २ पक्राउ
काठमाडौं। काठमाडौंको सुकेधारामा क्षेत्रमा गाडीमा आगजनी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरू मेडिकल व्यवसायी...
जेनजी आन्दोलनमा फरार व्यक्तिसहित चार जना सशस्त्र प्रहरीको नियन्त्रणमा
काठमाडौं। जेनजी आन्दोलनका क्रममा फरार रहेका सुनिल थापासहित सशस्त्र प्रहरीले भक्तपुर जिल्लाको मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीबाट चार जनालाई नियन्त्रणमा लिएको...




