गाँजा-चरेससहित रूपन्देहीबाट सात पक्राउ, २० किलो चरेस र २१ किलो गाँजा बरामद
लुम्बिनी। जिल्ला प्रहरी कार्यालय रूपन्देहीले ठूलो परिणामको गाँजा र चरेससहित सातजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देही र लागूऔषध नियन्त्रण ब्युरो भैरहवाबाट खटिएको संयुक्त टोलीले २० किलोग्राम चरेस र २१ किलोग्राम गाँजासहित त्यसमा संलग्न सात जनालाई पक्राउ गरेको हो।
प्रहरीले रूपन्देही सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४, वडा नम्बर ८ र तिलोत्तमा नगरपालिका वडा नम्बर १५ मा लागूऔषध कारोबार हुँदै गरेको भन्ने गोप्य सूचनाका आधारमा लागूऔषध र कारोबारमा संलग्नलाई पक्राउ गरिएको रूपन्देही प्रहरी प्रमुख रञ्जितसिंह राठोरले जानकारी दिए। प्रहरीले धादिङ गजुरी गाउँपालिका वडा नम्बर ८ का ३३ वर्षीय दीपक तामाङ, सोही स्थानका ३६ वर्षीय सुनबहादुर तामाङ, ३१ वर्षीय नक्कलबहादुर तामाङ, ४१ वर्षीय प्रेमलाल तामाङलाई पक्राउ गरेको छ।
त्यसैगरी रूपन्देही सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ आदर्शनगरका २५ वर्षीय जीवन मल्लाह, तिलोत्तमा नगरपालिका वडा नम्बर १४ का २३ वर्षीय दीलिप केवट र स्याङ्जा गल्याङ नगरपालिका वडा नम्बर १ का ३८ वर्षीय जीवनाथ पाण्डे रहेका छन् । प्रहरीले लागूऔषध कारोबारमा संलग्न उनीहरूको थप अनुसन्धान भइरहेको जनाएको छ ।
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...
भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु
दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ । भीरबाट लडेर...
मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ ६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा। शेखर कोइरालाले आफ्नो निर्वाचन...




