बुधबार, फाल्गुन २८, २०८१
English
Follow us:

राजाका ठाउँमा ओली, देउवा र प्रचण्ड आउनु क्रान्ति होइन : सञ्चारमन्त्री

राजाका ठाउँमा ओली, देउवा र प्रचण्ड आउनु क्रान्ति होइन : सञ्चारमन्त्री

  • खबर सेवा

  • सोमवार, फाल्गुन ५, २०८१

  • 48
    SHARES
राजाका ठाउँमा ओली, देउवा र प्रचण्ड आउनु क्रान्ति होइन : सञ्चारमन्त्री

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राजा वीरेन्द्र वा पूर्वराजा ज्ञानेन्द्र शाहको ठाउँमा केपी ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल आउनुलाई क्रान्ति नभनिने टिप्पणी गरेका छन्।

सोमबार काठमाडौंमा हुलाक टिकट प्रदर्शनी कार्यक्रम तथा पञ्चमार्क मुद्रा र भित्रिकोट दरबार अंकित हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा लगाउने कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले क्रान्ति राजा वीरेन्द्र, पूर्वराजा ज्ञानेन्द्रको ठाउँमा केपी ओली, शेरबहादुर देउवा वा प्रचण्ड आउनुलाई क्रान्ति नभनिने बताए। उनले क्रान्ति इतिहासमा, समाजमा, कृषि, विद्युत, उत्पादन प्रणाली र विज्ञान प्रविधिमा देखिनुपर्ने बताए। मन्त्री गुरुङले राजनीतिक क्रान्तिको रापले यी विषयहरु छुन नसकेको बताए।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology