मुख्य समाचार

वामपन्थी नेता विदुर सापकोटाको निधन

काठमाडौं। नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवम् संविधान सभा सदस्य विदुर सापकोटाको निधन भएको छ। एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य लक्ष्मण लम्सालका अनुसार उनको बिहीबार बिहान ३ः२५ बजे काठमाडौंको हेल्पिङ ह्यान्ड्स अस्पतालमा निधन भएको हो।

ज्वरो आएपछि सापकोटा गत फागुन ४ गते अस्पताल भर्ना भएका थिए। २०२२ साल भदौ २२ गते जन्मिएका सापकोटा नेकपा ९एमाले० काभ्रेपलाञ्चोकको १४ वर्ष पार्टी प्रमुख भएका थिए।

उनी २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा तत्कालीन काभ्रे–४ बाट निर्वाचित भएका थिए। त्यसअघि तीन पटक उम्मेदवार भए पनि चुनाव जित्न भने सकेका थिएनन्।

काभ्रेका पुराना वामपन्थी नेता सापकोटा एमाले विभाजनपछि एकीकृत समाजवादीमा लागेका थिए। उनी एकीकृत समाजवादीको पोलिटब्युरो तथा बागमती प्रदेशको सहइन्चार्जसमेत थिए। ५९ वर्षीय सापकोटाका एक छोरी छिन्।

सम्बन्धित समाचार

सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो

सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो

वीरगञ्ज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका...

इरानविरुद्धको युद्ध अन्त्य गर्न अमेरिका र इजरायललाई राष्ट्र संघका प्रमुखको आग्रह

इरानविरुद्धको युद्ध अन्त्य गर्न अमेरिका र इजरायललाई राष्ट्र संघका प्रमुखको आग्रह

काठमाडौं। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राज्य अमेरिका र इजरायललाई इरानविरुद्धको युद्ध अन्त्य गर्न आग्रह गरेका छन्।...

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

दाङ। घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयकाअनुसार गएराति भएको दुर्घटनामा मोटरसाइकलमा...

इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग

इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग

काठमाडौँ । सुर्खेतकी इनिशा विकको बलात्कारपछि भएको हत्याको विरोधमा दोषीलाई कडा कारबाहीको माग गर्दै काठमाडौं उपत्यकाका क्याम्पसभरि अखिल क्रान्तिकारीले...