मुख्य समाचार

माओवादी र एमालेसँग एकताको सम्भावना छैन : माधव नेपाल

काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अन्य पार्टीसँग एकीकरणको कुनै सम्भावना नरहेको बताएका छन्।

शुक्रबारबाट ललितपुरमा सुरु भएको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकको शुभारम्भ गर्दै अध्यक्ष नेपालले नेकपा एकीकृत समाजवादी आफ्नो विचार र लक्ष्यका साथ अघि बढिरहेको भन्दै अन्य पार्टीसँग एकीकरणको कुनै सम्भावना नरहेको बताएका हुन् ।

कहिले एमाले र केहीले माओवादीसँग एकीकरण गर्न लाग्यो भन्ने हल्लामा कुनै सत्यता नरहेको उनले बताए । आफ्नो पार्टीलाई बलियो बनाएर लैजाने भन्दै अध्यक्ष नेपालले तत्कालीन अवस्थामा गरेको विद्रोहको औचित्य पुष्टि हुँदै गएको धारणा राखे ।

वर्तमान सरकारले बहुदलीय मान्यतालाई चुनौती दिँदै दुईदलीय शासनको सोचलाई अगाडि बढाउन खोजेको उनको आरोप छ । सरकारका गलत कामको विरोध गर्दै अघि बढ्नुपर्ने उनले बताए । समाजवादको पक्षमा रहेका शक्तिहरूलाई एकताबद्ध गर्नका लागि पहलकदमी लिइरहेको उनले बताए ।

बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदनका साथै १३ बुँदे आचारसंहिता पेस गरेका छन् । निजी स्वार्थको परित्याग गरी सामूहिक हित एवं राष्ट्र, राष्ट्रियता, देश, जनता र श्रमजीवी वर्गको सेवामा समर्पित हुने उच्च क्रान्तिकारी दृढताका साथ काम गर्नुपर्ने लगायत विषय आचारसंहितामा समेटिएको छ ।

सम्बन्धित समाचार

प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति

प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति

काठमाडौँ । उदयपुरमा प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति पुगेको छ । कटारी नगरपालिका–३ तरकारी तथा फलफूल बिक्री केन्द्र...

देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै

देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै

काठमाडौँ । आज (बिहीबार) फागुन २१ गते देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै छ । मुलुकका ७७ वटै...

ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्ने

ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्ने

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोट केन्द्रबाट मतदान गर्नुुहुने छ। उहाँले भोलि (बिहीबार) हुने प्रतिनिधिसभा निर्वाचनमा...

देवघाटमा देखियो घडियाल

देवघाटमा देखियो घडियाल

चितवन। गैँडाकोटको देवघाट क्षेत्रमा घडियाल गोही देखा परेको छ। केही वर्षअघिसम्म देवघाट क्षेत्रमा गोहीको चर्चा हुने गरेको भए पनि...