गैरहाजिर रहेका १० सम्पर्कविहीन प्रहरीलाई सम्पर्कमा आउन अनुरोध
काठमाडौँ। नेपाल प्रहरीको एकजना सहायक हवलदारसहित १० जना प्रहरी कर्मचारी एक महिनाभन्दा बढी समयदेखि आफूखुशी गैरहाजिर रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। कार्यालयले माघदेखि सम्पर्कविहीन रहेका १० जना प्रहरी कर्मचारीलाई सम्पर्कमा आउन अनुरोध गरेर आइतबार सूचना जारी गरेको छ।
गैरहाजिर हुने सहायक हवलदारमा गण्डकी प्रदेश प्रहरी कार्यालयमा कार्यरत कृष्ण कार्की छन्। त्यस्तै प्रहरी जवानहरू रन्जित श्रेष्ठ, खिमबहादुर केसी, विनम ज्ञाङमी, अस्मी तामाङ, प्रज्वल घर्तिमगर, शम्शेर घर्तीमगर, रेशम पुन, कृष्ण विक र प्रहरी कार्यालय सहयोगी जनक बहादुर गाईन छन्।
उनीहरूको खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावलीबमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा पनि सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
४.
बढ्यो नेप्से
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
रौतहटमा लुटपाट गर्न खोज्ने दुई युवक नियन्त्रणमा
काठमाडौँ। रौतहटको गढीमाई नगरपालिका–९ चिल्मिलिया क्षेत्रमा लुटपाट गर्न खोज्ने दुई युवक पक्राउ परेका सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलैन्द्र थापाले...
निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु
महेन्द्रनगर। कञ्चनपुर निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु भएको छ । पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको आज उपचारका क्रममा मृत्यु...
यात्रा प्रतिवन्धका कारण अबुधाबीमा रोकिएका पर्यटकहरूको सम्पूर्ण होटल खर्च सरकारले व्यहोर्ने
काठमाडौँ। यात्रा प्रतिवन्धका कारण अबुधाबीमा अलपत्र परेका पर्यटक तथा आगन्तुकहरूको लागि अबुधाबीको संस्कृति तथा पर्यटन विभागले रोकिएर बस्ने सबैको...
सुनको भाउ बढ्यो
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलामा तीन लाख २८ हजार रुपैयाँ नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...




