मुख्य समाचार

यी स्थानमा आज पर्दैछ पानी

काठमाडौँ। हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको पनि प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेश र बाग्मती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।

देशको पहाडी भूभागको एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

सम्बन्धित समाचार

पोखरीमा मृत भेटिएको शवको भएन सनाखत

पोखरीमा मृत भेटिएको शवको भएन सनाखत

सिरहा। औरही गाउँपालिका-५ स्थित पोखरीमा महिलाको शव फेला परेको छ। प्रहरीका अनुसार मृतकको पहिचान खुल्न सकेको छैन । बुधबार...

कांग्रेसको विशेष महाधिवेशन अनुचित सिद्ध भयो : नेता सिटौला

कांग्रेसको विशेष महाधिवेशन अनुचित सिद्ध भयो : नेता सिटौला

काठमाडौँ। नेपाली कांग्रेसका नेता तथा राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले विशेष महाधिवेशन अनुचित भएको बताउनुभएको छ। बुधवार सिंहदरबार परिसरमा सञ्चारकर्मीहरुसँगको...

नेप्सेमा गिरावट

नेप्सेमा गिरावट

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४६ दशमलव ७८ अंकले घटेर दुई हजार ७९६ दशमलव ५७ को बिन्दुमा कायम...

मनाङे रिहा

मनाङे रिहा

काठमाडौं। गण्डकी प्रदेशका पूर्वसांसद राजीव गुरुङ (दीपक मनाङे) रिहा हुनुभएको छ। बुधबार गुरुङ डिल्लीबजार कारागारबाट रिहा भएको जेलर बाबुराम...