सरकार भ्रष्टाचारबाट संरक्षित, ओली संरक्षक : एकीकृत समाजवादी
काठमाडौँ। नेकपा एकीकृत समाजवादीले भ्रष्टाचारीहरू सरकारबाट संरक्षित भएको आरोप लगाएको छ। हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकले भ्रष्टाचारीहरू सरकारबाट संरक्षित भएको निस्कर्ष निकालेको हो। बैठकका निर्णय सुनाउँदै पार्टीका महासचिव घनश्याम भुसालले मुलुकमा भ्रष्टाचार मौलाएको आरोप लगाए।
‘मुलुकमा भ्रष्टाचार मौलाएको छ । भ्रष्टाचारीहरू सरकारबाट संरक्षित भएका छन् । सहकारी ठगी, मिटरब्याजी, अनलाइन ठगीले गर्दा गरिव जनताको जीवन कष्टकर हुँदै गएको छ । लाखौँ जनताले सहकारी राखेको वचत डुबेको छ,’ उनले भने, ‘त्यस्ता भ्रष्ट तथा ठगहरूलाई नियन्त्रणमा लिए अविलम्व कडाभन्दा कडा कारबाही गर्न र सम्बन्धित पक्षको पैसा फिर्ता गराउन सरकारसँग माग गर्दछौँ।’
सहकारी ठगी, मिटरब्याजी, अनलाइन ठगीले गर्दा गरिब जनताको जीवन कष्टकर हुँदै गएको र लाखौँ जनताले सहकारी राखेको बचत डुबेको उनको भनाइ छ।
त्यस्ता भ्रष्ट तथा ठगहरूलाई नियन्त्रणमा लिई अविलम्ब कडाभन्दा कडा कारबाही गर्न र सम्बन्धित पक्षको पैसा फिर्ता गराउन सरकारसँग माग गर्ने निर्णय केन्द्रीय कमिटीले गरेको भुसालले बताए।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
४.
बढ्यो नेप्से
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
भक्तपुरमा गाडी दुर्घटना, ३ को मृत्यु
भक्तपुर। नगरकोटबाट सुडालतर्फ आउँदै गरेको बा५च ७८८१ नम्बरको निजी कार चाँगुनारायण नगरपालिका–८ जितपुरस्थित वडा कार्यालय नजिक सडकमा भएको दुर्घनामा...
साफ यू२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा
काठमाडौँ। साफ यू-२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा भएको छ। मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले धर्बेन्द्र...
सुकेधारामा गाडीमा आगजनी गरेको अभियोगमा २ पक्राउ
काठमाडौं। काठमाडौंको सुकेधारामा क्षेत्रमा गाडीमा आगजनी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरू मेडिकल व्यवसायी...
जेनजी आन्दोलनमा फरार व्यक्तिसहित चार जना सशस्त्र प्रहरीको नियन्त्रणमा
काठमाडौं। जेनजी आन्दोलनका क्रममा फरार रहेका सुनिल थापासहित सशस्त्र प्रहरीले भक्तपुर जिल्लाको मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीबाट चार जनालाई नियन्त्रणमा लिएको...




