मुख्य समाचार

जनताले गणतन्त्रको विगुल फुकिसके : धवलशमशेर राणा

काठमाडौँ। राप्रपा महामन्त्री धवलशमशेर राणाले जनताले गणतन्त्रको विरुद्धमा विगुल फुकेको दाबी गरेका छन्। आज धनगढीमा बृहत मोटरसाइकल र्‍यालीलाई सम्बोधन गर्दै राणाले देशमा गणतन्त्रले घुँडा टेकेको बताएका छन्। राप्रपाले फागुनभरी सातै प्रदेशका प्रमुख सहरमा मोटरसाइकल र्‍याली र सार्वजनिक सभाहरु संचालन गर्ने र चैत महिना काठमाडौं केन्द्रित आन्दोलन गर्ने कार्ययोजना तय गरेको छ।

राप्रपाले नेपाली जनता, सेना र प्रहरी मार्ने मराउने काम नगर्ने प्रष्ट पार्दै शान्तिपूर्ण आन्दोलनबाट, जनताको बलबाट गणतन्त्र, संघीयता र धर्म निरपेक्षता खारेज गर्ने राणाले बताए। राजा सहितको प्रजातन्त्र र सनातन हिन्दु अधिराज्य स्थापना गर्ने उनले बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य समेत रहेका राणाले गणतन्त्र, संघीयता र भ्रष्टाचारले देशलाई संकटमा धकेलेको, ऋणभार बढाएको र टाँट हुने स्थिति सिर्जना गरेको बताए। अतरियाबाट धनगढीसम्म संचालन गरिएको मोटरसाइकल र्‍याली कोणसभामा परिणत भएको थियो। गणतन्त्र, संघीयता र भ्रष्टाचार विरोधी शक्ति सबै एकजुट भएर देशलाई बेथितिबाट मुक्त गर्नु पर्ने उनको जोड थियो।

‘राजसंस्था र सनातन हिन्दु अधिराज्यका समर्थक, गणतन्त्र, संघीयता र भ्रष्टाचार विरोधी सबै एकजुट भएर देश बचाउने अभियानमा लाग्नु पर्दछ। राजसंस्था स्थापनाका लागि जाग्न जरुरी भइसक्यो,’ राणाले भने । पूर्वराजा ज्ञानेन्द्रले जनतालाई साथ दिन आह्वान भइसकेको सन्दर्भमा राष्ट्र बचाउन सबै नेपाली जनता अघि बढ्नु पर्ने राणाको जोड थियो।

‘संघीयता र धर्म निरपेक्षता आयातित डलरको बलमा लादिएको अब प्रष्ट भइसकेको छ । यो कुरा नेपाली जनता कसैले पनि मन पराएका छैनन्,’ राणाले भने। लाखौं जनतालाई मारमा पार्ने सहकारी ठगीलाई ठेगान लगाउने र भ्रष्टाचारी नेताहरुलाई राज्यबाट अलग गर्ने नेता राणाले उद्घोष गरे।

‘कलकारखाना बन्द भएका छन् । युवाहरु बेरोजगार बस्नुपर्ने स्थिति बनाइएको छ । सहकारी ठगीले लाखौंको उठिबास भएको छ,’ उनले भने।

सम्बन्धित समाचार

उदयपुरको चौदण्डीगढीमा मोटरसाइकल दुर्घटना एकको मृत्यु

उदयपुरको चौदण्डीगढीमा मोटरसाइकल दुर्घटना एकको मृत्यु

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर...

प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति

प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति

काठमाडौँ । उदयपुरमा प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति पुगेको छ । कटारी नगरपालिका–३ तरकारी तथा फलफूल बिक्री केन्द्र...

देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै

देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै

काठमाडौँ । आज (बिहीबार) फागुन २१ गते देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै छ । मुलुकका ७७ वटै...

ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्ने

ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्ने

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोट केन्द्रबाट मतदान गर्नुुहुने छ। उहाँले भोलि (बिहीबार) हुने प्रतिनिधिसभा निर्वाचनमा...