मुख्य समाचार

महाशिवरात्रिको दिन कस्तो छ हजुरको भाग्यफल, हेर्नुहोस्

मेष : शुभकार्यमा धन खर्च हुन सक्छ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। चिताएको कामले तीव्रता लिनेछ। रोकिएका काम पनि पुनस् प्रारम्भ हुनेछन्‌। वस्त्र लाभ हुन सक्छ।

वृष : दैनिक कार्यमा प्रगति हुनेछ। नातागोता वा परिवारजनसँग प्रविधिमार्फत भेटघाट होला। प्रेम सम्बन्धमा मधुरता छाउनेछ। धर्मकर्ममा रुचि बढ्ला। एउटै कामबाट दोहोरो लाभ हुनेछ। बन्धुबान्धवले सहयोग गर्नेछन्।

मिथुन : जिद्दीका कारण काम बिग्रन सक्छ। महत्त्वपूर्ण कार्यमा बाधा आइपर्ला। अध्ययनमा त्यति ध्यान दिन नसकिने देखिन्छ। यात्रामा मालसामान हराउन सक्छ। साँझमा लगनशीलताले कामहरू अगाडि बढ्नेछन्।

कर्कट : परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। रोकिएको काम फत्ते हुनेछ। शुभकार्यमा सहभागी भइनेछ। पारिवारिक भेटघाटमा रमाउनेछ। विद्या र बुद्धिको विकास हुनेछ। सामाजिक र वैदेशिक कार्य सहजै अघि बढ्नेछ।

सिंह : आयव्यय बराबरी हुने खालको समय छ। सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ। मनमा सेवा र सहयोग भाव आउला। कला, गला र सांस्कृतिक क्षेत्रको प्रभाव बढ्दै जानेछ। आहारविहारप्रति सजग रहनु पर्छ।

कन्या : मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ। रमणीय र सुखद यात्राको योग छ। व्यापार व्यवसायमा उन्नतिका साथै आर्थिक वृद्धि हुने देखिन्छ। आँटेको र ताकेको कार्य पूरा हुनेछ। कसैकसैका लागि सन्तान प्राप्तिको योग छ।

तुला : आफूले ठीक मानेर गरेको काममा आफैँलाई सन्तुष्टि नमिल्ला। पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने देखिन्छ। झमेलाको सामना गर्नुपर्ला। साँझमा भने प्रेम सम्बन्ध फक्रनेछ।

वृश्चिक : एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। धार्मिक, सांस्कृतिक, दान पुण्य जस्ता कार्यमा सहभागी भइनेछ। नयाँ कार्य सम्पादनमा सहजता मिल्ला। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। प्राविधिक क्षेत्रबाट बढी सफलता मिल्नेछ।

धनु : धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ। प्रेमिकाको सुझावअनुरूप नयाँ कार्य सम्पन्न गर्न सकिनेछ। शुभकार्यको चर्चा चल्नेछ। मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ। तार्किक क्षमता एवं बोलीको प्रभावले स्वरोजगार भइनेछ।

मकर : सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। कृषि र उत्पादनमूलक कार्य सहजै अघि बढ्नेछ। आकस्मिक धन लाभ हुनेछ। मायाप्रेममा आत्मीयताको बढोत्तरी हुनेछ। वैदेशिक कामबाट पनि राम्रै सफलता मिल्ला।

कुम्भ : मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ। उच्च महत्वकाङ्क्षाले चुनौती र झमेला आउने देखिन्छ। खानपिनप्रति सजग र स्वास्थ्यको ख्याल गर्नुहोला। साँझमा भने सफल यात्राको योग छ।

मीन : सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। प्रेमको बन्धन कसिने बेला छ। लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। नयाँ ज्ञान सिक्ने मौका र रोजगारीको अवसर मिल्नेछ। चलाखीपूर्ण बोलीले कार्यसिद्ध हुनेछ।

सम्बन्धित समाचार

ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ

ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका...

मध्यपूर्वमा सैन्य गतिविधिहरू तुरुन्त रोक्न आह्वान गर्ने प्रश्ताव संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्बाट पारित गर्न असफल

मध्यपूर्वमा सैन्य गतिविधिहरू तुरुन्त रोक्न आह्वान गर्ने प्रश्ताव संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्बाट पारित गर्न असफल

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले बुधवार मध्यपूर्व र सोभन्दा बाहिरका सबै पक्षहरूलाई आफ्ना सैन्य गतिविधिहरू तुरुन्त रोक्न, थप तनाव नबढाउन...

प्रत्यक्षतर्फ ५ प्रतिशतभन्दा बढी मत बदर, मतदाता शिक्षाको शैली नै बदल्ने निर्वाचन आयोगको तयारी

प्रत्यक्षतर्फ ५ प्रतिशतभन्दा बढी मत बदर, मतदाता शिक्षाको शैली नै बदल्ने निर्वाचन आयोगको तयारी

निर्वाचन आयोगले करोडौं रकम खर्च गरेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरे पनि फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा...

सरकारलाई ५ हजार नेपाली नागरिकले गराए मध्यपूर्वमा आफू असुरक्षित रहेको जानकारी

सरकारलाई ५ हजार नेपाली नागरिकले गराए मध्यपूर्वमा आफू असुरक्षित रहेको जानकारी

काठमाडौँ। मध्यपूर्वमा बढ्दो तनावकाबीच ५ हजार नेपाली नागरिकले आफू असुरक्षित रहेको जानकारी सरकारी संयन्त्रमा टिपाएको परराष्ट्र मन्त्रालयले जनाएको छ...