
काठमाडौँ। नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। आगामी आइतबारका लागि बैठक बोलाएको एमाले सचिवालयका नेताले बताए ।
बैठक केन्द्रीय कार्यालय च्यासलमा बस्ने बताइएको छ। बैठकमा सरकारले ल्याएका ६ वटा अध्यादेशको विषयमा छलफल हुने बताइएको छ । यस्तै समसामयिक राजनीतिक र पार्टीको आन्तरिक विषयमा छलफल गर्न बैठक डाकिएको बताइएको छ ।