नेमकिपाको महाधिवेशन आजबाट
काठमाडौं। नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को आठौं महाधिवेशन आजबाट सुरु हुँदैछ। यही फागुन १९ गतेसम्म चल्ने महाधिवेशनमा सहभागी हुन काठमाडौं उपत्यकासहित सातै प्रदेशका जिल्लाहरुबाट प्रतिनिधि, पर्यवेक्षक र कार्यकर्ताहरु भक्तपुर आएका छन्।
महाधिवेशनको उदघाटन समारोह दिउँंसो १ बजे सल्लाघारीमा हुनेछ। आज बिहान १० बजे कमलविनायकको लान्चाफल्चा, मध्यपुरथिमिको बोडे, सूर्यविनायकको सूर्यविनायक बस बिसौनी, काठमाडौंको कोटेश्वर, ताथलीलगायत ठाउँबाट झाँकीसहित निकालिने र्याली उदघाटन समारोहस्थल सल्लाघारी पुगेर।सभामा परिणत हुनेछ।
आजैबाट सुरु हुने बन्दसत्रले विभिन्न एजेन्डा पारित गर्दै नयाँ नेतृत्व समेत चयन गर्नेछ । नेमकिपा स्थापना भएदेखि नै पार्टी अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) छन् । विजुक्छेको नेतृत्वमा विक्रम संवत २०३१ साल माघ १० गते नेमकिपा स्थापना भएको थियो। नेमकिपाको पहिलो महाधिवेशन २०४७ सालमा भैरहवामा भएको थियो ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
४.
बढ्यो नेप्से
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
भक्तपुरमा गाडी दुर्घटना, ३ को मृत्यु
भक्तपुर। नगरकोटबाट सुडालतर्फ आउँदै गरेको बा५च ७८८१ नम्बरको निजी कार चाँगुनारायण नगरपालिका–८ जितपुरस्थित वडा कार्यालय नजिक सडकमा भएको दुर्घनामा...
साफ यू२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा
काठमाडौँ। साफ यू-२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा भएको छ। मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले धर्बेन्द्र...
सुकेधारामा गाडीमा आगजनी गरेको अभियोगमा २ पक्राउ
काठमाडौं। काठमाडौंको सुकेधारामा क्षेत्रमा गाडीमा आगजनी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरू मेडिकल व्यवसायी...
जेनजी आन्दोलनमा फरार व्यक्तिसहित चार जना सशस्त्र प्रहरीको नियन्त्रणमा
काठमाडौं। जेनजी आन्दोलनका क्रममा फरार रहेका सुनिल थापासहित सशस्त्र प्रहरीले भक्तपुर जिल्लाको मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीबाट चार जनालाई नियन्त्रणमा लिएको...




