मुख्य समाचार

केक्यानको तेस्रो अधिवेशनबाट नयाँ कार्यकारी समिति गठन, अध्यक्षमा खड्का सर्वसम्मतिबाट चयन

काठमाडौँ। कोरिया शैक्षिक परामर्श संघ नेपाल (केक्यान)ले आफ्नो पाचौँ वार्षिक उत्सब एवं तेस्रो अधिवेशन भब्यताको साथ मनाएको छ।

केक्यानको तेस्रो अधिवेशनले नया नेतृत्व चयन गरेको छ। जसमा अध्यक्षमा बिष्णु खड्का, वरिष्ठ उपाध्यक्षमा रमेश अधिकारी,उपाध्यक्षमा शशीप्रसाद भट्टराई, महासचिवमा नरेशप्रसाद सेडाई, सचिवमा बद्रीप्रसाद ढकाल, कोषाध्यक्षमा द्रोण बिक्रम थापा सदस्यहरूमा गणेश पोखरेल, रमेश पाठक, यदुनाथ उपाध्याय, सन्तोषी पन्त, प्रमोद ढुङ्गाना, नारायण कृष्ण श्रेष्ठ चयन भएका छन्। सदस्यमा दुई जना अध्यक्ष खड्काले गीताकुमारी सुवेदी र श्री रिजन मडैलाई मनोनित भएका छन्।

राष्ट्रियसभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रमुख आतित्थ्यता एवं केक्यानका संस्थापक अध्यक्ष गणेश शर्माको अध्यक्षतामा कार्यक्रम भएको थियो।

बिशेष अतिथि पूर्वडिष्ट्रिक्ट गभर्नर लायन्स अन्तराष्ट्रिय, मल्टिपल डिष्ट्रिक्ट ३२५ का लायन अनन्तप्रसाद भेटुवाल, नेपाल शैक्षिक परामर्श ब्यबसायी महासंघका अध्यक्ष राजेन्द्र बराल, समाजसेबी कविन्द्र बुर्लाकोटी, नेपाल राष्ट्र बैंकका उपनिर्देशक, बिदेशी विनिमय व्यवस्थापन बिभाग सुशील बिजुक्षे, यसैगरी अतिथिमा चेम्बर अफ कमर्सका इनोभेसन र तालिमका अध्यक्ष पंकज जलान, ECAN का अध्यक्ष शेषराज भट्टराई, IRIN अध्यक्ष हेमन्त भट्टराई, AECAN अध्यक्ष किशोर तिवारी, JALSAN का कार्यवाहक अध्यक्ष मोहन खड्का लगायत अन्य सघ का प्रतिनिधि तथा आइडिपि IELTS को IELTS अपरेशन एक्जिक्युटिभ मतिना महर्जन, सेभेन स्टार टुर्स एण्ड ट्राभल्स प्रा लि का अध्यक्ष शिव शर्मा बास्तोला, सिटि पेका अध्यक्ष बिनय रेग्मी लगाएतको उपस्थिति थियो।

कार्यक्रममा केक्यानले सदा झैँ यो वर्ष पनि समाजमा उत्कृस्ट योगदान पुराएका चार बिषिस्थ व्यक्तिलाई खादा र सम्मान पत्रले सम्मानित गरेको थियो। सम्मानित हुने बिषिस्थ व्यक्तिवहरुमा नेपाल प्रहरीको तर्फबाट प्रहरी नायब महनिरिक्षक दानबहादुर कार्की , समाजसेविको तर्फबाट लायन्स अन्तराष्ट्रिय पूर्व डिष्ट्रिक्ट गभर्नर लायन्स अन्तराष्ट्रिय, मल्टिपल डिष्ट्रिक्ट ३२५ अनन्तप्रसाद भेटुवाल, सरोकार केन्द्रका अध्यक्ष गोविन्द पन्थी , खोज पत्रकारिता विधा अन्तर्गत निगरानी दैनिकका सम्पादक जीवन शर्मा सम्मानित भएका थिए।

सम्बन्धित समाचार

एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

पर्सा। चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको...

जापानी अपराधीद्वारा जबरजस्ती घुसपैठ गरिएको विषयमा चिनियाँ दुतावासको विरोध

जापानी अपराधीद्वारा जबरजस्ती घुसपैठ गरिएको विषयमा चिनियाँ दुतावासको विरोध

मंगलवार एक जापानी अपराधी जबरजस्ती दुतावासभित्र प्रवेश गरेपछि जापानस्थित चिनियाँ दुतावासले जापानी पक्षसमक्ष गम्भीर ध्यानाकर्षण र कडा विरोध जनाउँदै...

नयाँ सरकारले सीमा विवाद समाधान गर्न प्राथमिकता दिनुपर्छः सीमाविद् श्रेष्ठ

नयाँ सरकारले सीमा विवाद समाधान गर्न प्राथमिकता दिनुपर्छः सीमाविद् श्रेष्ठ

काठमाडौँ। वरिष्ठ सीमाविद् बुद्धिनारायण श्रेष्ठले अब बन्ने सरकारले सीमा विवादलाई समाधान गर्न प्राथमिकतामा दिनुपर्ने बताउनुभएको छ । मंगलवार काठमाडौमा...

इजरायली हवाई आक्रमणबाट दक्षिण लेबनानका मुख्य पुलहरू ध्वस्त

इजरायली हवाई आक्रमणबाट दक्षिण लेबनानका मुख्य पुलहरू ध्वस्त

इजरायलले दक्षिण लेबनानी शहरहरू, आवासीय क्षेत्रहरू र मुख्य पुलहरूलाई निशाना बनाउँदै हवाई आक्रमण जारी राखेको छ । इरान जोडिएको...