
आज बुधबार, २१ फागुन २०८१।
मेष : अधुरा काम फत्ते हुनेछन्। आफ्नै दक्षताले जटिल काम सम्पन्न हुनेछ। नयाँ कार्यको योजना बन्ने र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ।
वृष : परिवारमा मेलमिलाप हुनेछ। अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त होला। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। छोटो दूरीको लाभदायक यात्रा हुनेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पादन हुनेछन्।
मिथुन : कार्य सम्पादनमा समस्या आउला। कुनै कुराले मन दुस्खी बन्न सक्छ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्ला। अभिभावकले ससाना त्रुटि औँल्याइदिँदा मन खिन्न हुनेछ। यात्रामा सावधानी अपनाउनु पर्नेछ।
कर्कट : मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ। आस मारिसकेको काम बन्नेछ। मनमा उत्साहका साथै बोली बिक्ने समय छ। बहुप्रतीक्षित काममा सफलता हात पर्नेछ। यात्रा गर्दा सावधानी अपनाउनुपर्ने देखिन्छ।
सिंह : प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। सामाजिक र कुटनीतिक क्षेत्रमा सफलता मिल्नेछ। मनोरञ्जनमा सहभागी भइएला। कतै घुम्न जाने योजना बन्न सक्छ। काममा सानातिना बिघ्नबाधा आइपरे पनि निराश र हताश नहुनु होला।
कन्या : मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। मन शान्ति रहनेछ। प्रेम र दाम्पत्य जीवनमा मधुरता छाउनेछ। राजनीतिक कार्यमा सफलता मिल्ला। टाढा रहेका साथीभाइहरूसँग मनोरञ्जक भेटघाट हुनेछ।
तुला : मनमा दुविधा र शङ्का उत्पन्न हुनेछ। यात्रामा मालसामान हराउन सक्छ। विश्वासपात्रलाई वचन दिँदा संयम हुनुहोला। चञ्चलता बढ्नेछ। साँझमा पुरानो साथीसँग भेट हुने सम्भावना छ।
वृश्चिक : रमणीय, सुखद यात्राको योग छ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइनेछ। मनोरञ्जक क्रियाकलापमा सहभागी हुन पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्ला। शुभ समाचार प्राप्त हुनेछ।
धनु : धर्मकर्म र समाजसेवामा मन लाग्नेछ। अध्ययन(अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनुहुनेछ। धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। वैदेशिक क्षेत्रमा गरिएको कार्यले अतन्तस् फाइदा नै पुर्याउनेछ।
मकर : मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ। व्यापार व्यवसायबाट लाभ हुनेछ। प्रविधि र सञ्चारको माध्यमबाट दैनिकी सहज हुनेछ। घरपरिवारमा धार्मिक कृत्यको योग छ। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ।
कुम्भ : डरका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुन सक्छ। झन्झटिलो काममा संलग्न हुनुपर्ला। मन भावुक र उत्ताउलो बन्न सक्छ। आर्थिक कारोबारमा मन्दी आउनेछ। घरमा अतिथिको आगमन हुनेछ।
मीन : साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला। विद्या र बुद्धिको विकास हुनेछ। अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। परोपकारजन्य कार्यमा भूमिका बढ्ला।