मुख्य समाचार

हेर्नुस् आजको राशिफल

आज बुधबार, २१ फागुन २०८१।

मेष : अधुरा काम फत्ते हुनेछन्। आफ्नै दक्षताले जटिल काम सम्पन्न हुनेछ। नयाँ कार्यको योजना बन्ने र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ।

वृष : परिवारमा मेलमिलाप हुनेछ। अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त होला। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। छोटो दूरीको लाभदायक यात्रा हुनेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पादन हुनेछन्।

मिथुन : कार्य सम्पादनमा समस्या आउला। कुनै कुराले मन दुस्खी बन्न सक्छ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्ला। अभिभावकले ससाना त्रुटि औँल्याइदिँदा मन खिन्न हुनेछ। यात्रामा सावधानी अपनाउनु पर्नेछ।

कर्कट : मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ। आस मारिसकेको काम बन्नेछ। मनमा उत्साहका साथै बोली बिक्ने समय छ। बहुप्रतीक्षित काममा सफलता हात पर्नेछ। यात्रा गर्दा सावधानी अपनाउनुपर्ने देखिन्छ।

सिंह : प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। सामाजिक र कुटनीतिक क्षेत्रमा सफलता मिल्नेछ। मनोरञ्जनमा सहभागी भइएला। कतै घुम्न जाने योजना बन्न सक्छ। काममा सानातिना बिघ्नबाधा आइपरे पनि निराश र हताश नहुनु होला।

कन्या : मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। मन शान्ति रहनेछ। प्रेम र दाम्पत्य जीवनमा मधुरता छाउनेछ। राजनीतिक कार्यमा सफलता मिल्ला। टाढा रहेका साथीभाइहरूसँग मनोरञ्जक भेटघाट हुनेछ।

तुला : मनमा दुविधा र शङ्का उत्पन्न हुनेछ। यात्रामा मालसामान हराउन सक्छ। विश्वासपात्रलाई वचन दिँदा संयम हुनुहोला। चञ्चलता बढ्नेछ। साँझमा पुरानो साथीसँग भेट हुने सम्भावना छ।

वृश्चिक : रमणीय, सुखद यात्राको योग छ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइनेछ। मनोरञ्जक क्रियाकलापमा सहभागी हुन पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्ला। शुभ समाचार प्राप्त हुनेछ।

धनु : धर्मकर्म र समाजसेवामा मन लाग्नेछ। अध्ययन(अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनुहुनेछ। धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। वैदेशिक क्षेत्रमा गरिएको कार्यले अतन्तस् फाइदा नै पुर्‍याउनेछ।

मकर : मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ। व्यापार व्यवसायबाट लाभ हुनेछ। प्रविधि र सञ्चारको माध्यमबाट दैनिकी सहज हुनेछ। घरपरिवारमा धार्मिक कृत्यको योग छ। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ।

कुम्भ : डरका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुन सक्छ। झन्झटिलो काममा संलग्न हुनुपर्ला। मन भावुक र उत्ताउलो बन्न सक्छ। आर्थिक कारोबारमा मन्दी आउनेछ। घरमा अतिथिको आगमन हुनेछ।

मीन : साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला। विद्या र बुद्धिको विकास हुनेछ। अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। परोपकारजन्य कार्यमा भूमिका बढ्ला।

 

सम्बन्धित समाचार

भक्तपुरमा गाडी दुर्घटना, ३ को मृत्यु

भक्तपुरमा गाडी दुर्घटना, ३ को मृत्यु

भक्तपुर। नगरकोटबाट सुडालतर्फ आउँदै गरेको बा५च ७८८१ नम्बरको निजी कार चाँगुनारायण नगरपालिका–८ जितपुरस्थित वडा कार्यालय नजिक सडकमा भएको दुर्घनामा...

साफ यू२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा

साफ यू२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा

काठमाडौँ।  साफ यू-२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा भएको छ। मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले धर्बेन्द्र...

सुकेधारामा गाडीमा आगजनी गरेको अभियोगमा २ पक्राउ

सुकेधारामा गाडीमा आगजनी गरेको अभियोगमा २ पक्राउ

काठमाडौं। काठमाडौंको सुकेधारामा क्षेत्रमा गाडीमा आगजनी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरू मेडिकल व्यवसायी...

जेनजी आन्दोलनमा फरार व्यक्तिसहित चार जना सशस्त्र प्रहरीको नियन्त्रणमा

जेनजी आन्दोलनमा फरार व्यक्तिसहित चार जना सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं। जेनजी आन्दोलनका क्रममा फरार रहेका सुनिल थापासहित सशस्त्र प्रहरीले भक्तपुर जिल्लाको मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीबाट चार जनालाई नियन्त्रणमा लिएको...