हेर्नुस् आजको राशिफल
आज बिहीबार, २२ फागुन २०८१
मेष : धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। लामो समयदेखि रोकिएको कार्यले पूर्णता पाउनेछ। सुरु गरेको काम आरामपूर्वक सम्पन्न हुनेछ। बोलीवचनमा भने संयम हुनुपर्ने देखिन्छ।
वृष : अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ। नयाँ काम सुरु गरिनेछ। शुभ समाचार सुन्न पाइएला। रोकिएका काम पुनः सुरु हुन सक्छन्।
मिथुन : स्वास्थ्यप्रति सजग रहनु होला। काममा अवरोध सृजना हुन सक्ने सम्भावना रहेकोले सङ्घर्षको सामना गर्नुपर्नेछ। यात्रामा पनि सावधानी अपनाउनु पर्नेछ। साँझमा दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ।
कर्कट : लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। तपाईँको लगनशीलतालाई भित्रभित्रै मन पराइएको अवस्था हुन्छ। सेयर बजारले राम्रै साथ दिनेछ।
सिंह : आँटेताकेको पूरा होला। शुभकार्यको चर्चा चल्नेछ। रोकिएका काम सञ्चालन हुनेछन्। नसोचेको ठाउँबाट धनागम हुनेछ। आफ्नो कलाले अरूलाई मोहित पार्न सकिनेछ। प्रविधिका क्षेत्रमा पनि उन्नति हुने देखिन्छ। कुनै कुराले मनमा शान्ति छाउनेछ।
कन्या : हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ। काम गर्ने जोस, जाँगर र उमङ्ग बढ्नेछ। आफन्त, सहयोगी र मित्र वर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुन सक्छ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ।
तुला : नजिकका व्यक्तिबाट काममा बाधा आउला। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। स्वास्थ्य प्रतिकूल रहन सक्छ, सचेत रहनु होला। जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। साँझमा शुभ समाचार मिल्नेछ।
वृश्चिक : आँटेको काम फाइदामा सम्पन्न हुनेछ। रमणीय र सुखद यात्राको योग छ। वैदेशिक कार्यमा सफलता मिल्नेछ। सांस्कृतिक कृत्यमा रुचि बढ्नेछ। आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। तर बोलीवचनमा संयमता अपनाउनु पर्नेछ।
धनु : समाजसेवाबाट लोकमा प्रसिद्ध भइनेछ। परिश्रमअनुसार उपलब्धि राम्रै पाइनेछ। प्रेमीरप्रेमिकाबाट सुख मिल्नेछ। पर्यटकीय भ्रमणले थप ऊर्जा प्रदान गर्नेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ।
मकर : धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ। कसैले लगेको धन फिर्ता गर्न आउनेछन्। धार्मिक महत्त्वको क्षेत्रको भ्रमण हुन सक्छ। सजिलै अरूको विश्वास जित्न सकिनेछ। ज्ञान र अध्यात्मको भावना बढ्नेछ।
कुम्भ : आँटेको काममा ढिलासुस्ती हुन सक्छ। किनमेल गर्दा विशेष सावधानी अपनाउनुहोला, सामानहरू छुट्ने वा हराउने सम्भावना छ। आफूले ठीक मानेर गरेको काममा आफैँलाई सन्तुष्टि मिल्ने छैन। तीर्थाटनको योग छ।
मीन : अध्ययन र प्राविधिक कार्यमा रुचि बढ्नेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्ला। कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ। अरूले गरेरभनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु नै बुद्धिमानी हुनेछ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
४.
बढ्यो नेप्से
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
भक्तपुरमा गाडी दुर्घटना, ३ को मृत्यु
भक्तपुर। नगरकोटबाट सुडालतर्फ आउँदै गरेको बा५च ७८८१ नम्बरको निजी कार चाँगुनारायण नगरपालिका–८ जितपुरस्थित वडा कार्यालय नजिक सडकमा भएको दुर्घनामा...
साफ यू२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा
काठमाडौँ। साफ यू-२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा भएको छ। मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले धर्बेन्द्र...
सुकेधारामा गाडीमा आगजनी गरेको अभियोगमा २ पक्राउ
काठमाडौं। काठमाडौंको सुकेधारामा क्षेत्रमा गाडीमा आगजनी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरू मेडिकल व्यवसायी...
जेनजी आन्दोलनमा फरार व्यक्तिसहित चार जना सशस्त्र प्रहरीको नियन्त्रणमा
काठमाडौं। जेनजी आन्दोलनका क्रममा फरार रहेका सुनिल थापासहित सशस्त्र प्रहरीले भक्तपुर जिल्लाको मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीबाट चार जनालाई नियन्त्रणमा लिएको...




