राजसंस्था इतिहास फर्किसक्यो : माधव नेपाल
काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजसंस्था इतिहास भइसकेकाले फर्केर आउने कुनै सम्भावना नरहेको बताएका छन् । शुक्रवार आफ्नो जन्मदिनका अवसरमा आफ्नै निवास कोटेश्वर बिरुवा रोप्दै अध्यक्ष नेपालले राजसंस्था फर्कने कुनै सम्भावना नरहेको बताए ।
देशको लागि विकास गर्ने चाहना भए चुनाव लडेर प्रधानमन्त्री बन्न उनले सुझाव दिए । उनले भूमाफियासँग मिलेर सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याएको आरोप लगाए । आफूले ल्याएको अध्यादेश फेल वा निष्क्रिय भए सरकारलाई नैतिक सङ्कट पर्ने उनको भनाइ छ ।
अध्यक्ष नेपालले दलसम्बन्धी कानुन ल्याएर दल फुटाउने षडयन्त्रकारीहरूको अन्त्य हुने भन्दै आफ्नो पार्टी कुनै हालतमा नफुट्ने जिकिर गरे । रौतहटबाट पहिलो पटक अभियानका रूपमा सुरुवात गरिएको वृक्षारोपण अभियानलाई ऐक्यबद्धता जनाउँदै अध्यक्ष नेपालले फलको बिरुवा रोपेका हुन् ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै
काठमाडौँ । आज (बिहीबार) फागुन २१ गते देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै छ । मुलुकका ७७ वटै...
ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्ने
काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोट केन्द्रबाट मतदान गर्नुुहुने छ। उहाँले भोलि (बिहीबार) हुने प्रतिनिधिसभा निर्वाचनमा...
देवघाटमा देखियो घडियाल
चितवन। गैँडाकोटको देवघाट क्षेत्रमा घडियाल गोही देखा परेको छ। केही वर्षअघिसम्म देवघाट क्षेत्रमा गोहीको चर्चा हुने गरेको भए पनि...
फागुन २१ को निर्वाचनमा शतप्रतिशत मतदान गर्न निर्वाचन आयुक्त जबराको अपिल
काठमाडौँ। निर्वाचन आयुक्त सगुन शमशेर जबराले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो मताधिकारको पूर्ण प्रयोग गर्न...




