बुधबार, फाल्गुन २८, २०८१
English
Follow us:

स्ववियु निर्वाचनका लागि २५ संघसंगठन दर्ता

स्ववियु निर्वाचनका लागि २५ संघसंगठन दर्ता

  • खबर सेवा

  • शुक्रबार, फाल्गुन २३, २०८१

  • 42
    SHARES
स्ववियु निर्वाचनका लागि २५ संघसंगठन दर्ता

काठमाडौँ। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा २५ संघ–संगठनबीच प्रतिस्पर्धा हुने भएको छ। त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन समितिका अनुसार चैत ५ मा हुने चुनावमा सहभागी हुन सोमबार विद्यार्थी संगठन दर्ता भएका छन्।

समितिका सदस्यसचिव पशुपति अधिकारीले त्रिविका ६२ वटै आंगिक क्याम्पसमा निर्वाचन समिति गठन भएको बताए। निर्वाचनका लागि अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु समाजवादी, नेपाल क्रान्तिकारी विद्यार्थी, अखिल क्रान्तिकारी (वैद्य), राष्ट्रिय प्रजातन्त्रवादी विद्यार्थी संगठन, अखिल समाजवादी, समाजवादी विद्यार्थी युनियन, अखिल छैटौं र अखिल नेपाल विद्यार्थी युनियन दर्ता भएका छन्।

त्यस्तै लोकतान्त्रिक विद्यार्थी संघ, अनेरास्ववियु ९पाँचौं०, विद्यार्थी जनमत संघ, नेपाल विद्यार्थी मोर्चा, प्राज्ञिक विद्यार्थी परिषद्, वैज्ञानिक समाजवादी विद्यार्थी संगठन, अखिल क्रान्तिकारी बहुमत पनि दर्ता भएका छन्।

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपाल, वैज्ञानिक समाजवादी विद्यार्थी मोर्चा, नागरिक विद्यार्थी समाज, राष्ट्रिय विद्यार्थी संघ, नयाँ शक्ति विद्यार्थी युनियन, समाजवादी विद्यार्थी युनियन, राष्ट्रिय विद्यार्थी मञ्च पनि दर्ता भएको समितिले जनाएको छ। २०७९ चैतमा भएको निर्वाचनमा १९ विद्यार्थी संघ–संगठनले भाग लिएका थिए।

निर्वाचनमा सहभागी हुन सम्बन्धित क्याम्पसमा पनि विद्यार्थी संगठनरसमूह दर्ता हुनुपर्ने व्यवस्था छ। नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीलगायत ठूला विद्यार्थी संगठनले कतिपय क्याम्पसमा अध्यक्षलगायत उम्मेदवार घोषणा गरिसकेका छन्। स्ववियु निर्वाचन कार्यतालिकाअनुसार फागुन २७ मा देशभरका क्याम्पसमा उम्मेदवारी दर्ता हुनेछ। प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मनोनयन पत्र नामावली दाखिला सोही दिने हुने सदस्यसचिव अधिकारीले बताए। उम्मेदवारी दर्ताका लागि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समय कायम गरिएको छ। चैत ५ मा बिहान ८ देखि ४ बजेसम्म मतदान समय तोकिएको छ। फागुन २१ मा मतदाता सूची प्रकाशित गर्ने कार्यतालिकामा उल्लेख छ।

आंगिकबाहेक सामुदायिक र सम्बन्धन प्राप्त निजी क्याम्पसले स्ववियु निर्वाचन गर्न सक्नेछन्। निर्वाचनका लागि त्रिविले स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका २०८१ जारी गरिसकेको छ। २०७९ चैतमा भएको स्ववियु निर्वाचनबाट निर्वाचित पदाधिकारीको २ वर्ष कार्यकाल सकिनै लाग्दा त्रिवि कार्यकारी परिषद्ले निर्वाचनको तयारी गरेको हो। क्याम्पसहरूले निर्वाचन समिति गठन गरेर केन्द्रीय कार्यतालिका कार्यान्वयन गर्नुपर्ने व्यवस्था छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology