
काठमाडौँ। नेपाल शिक्षक महासंघ अहिले आन्दोलनमा छ। विद्यालय शिक्षा विधेयक पारित गर्न दबाब दिँदै महासंघ आन्दोलनमा होमिएको हो। अब महासंघले काठमाडौँ केन्द्रित आन्दोलन गर्दैछ। आन्दोलनका लागि महासंघले ६ बुँदे आचारसंहिता जारी गरेका छन्।
देशभरका शिक्षक कर्मचारीले शनिबार राजधानी केन्द्रित आन्दोलन गर्ने कार्यक्रम यसअघि नै सार्वजनिक भइसकेको छ। जसअनुसार फागुन २४ को दिनको १ बजे काठमाडौंको माइतीघर मण्डलामा जुलुस तथा विरोधसभा आयोजना गरिनेछ।
महासंघले फागुन २४ गतेको प्रदर्शन र विरोध सभापछि राजनीतिक पार्टीका केन्द्रीय कार्यालयहरुमा दबाबपूर्ण धर्नामा सामेल हुने कार्यक्रम सार्वजनिक गरेको छ। यसैगरी पहिचानका लागि आन्दोलनको कार्यक्रममा शिक्षककर्मचारीका लागि तोकिएको पोसाकमा सहभागी हुन आग्रह गरिएको छ।