मुख्य समाचार

पूर्वराजालाई प्रचण्डको चेतावनी : उदारतालाई कमजोरी नठान्नू, पाएको पनि खोसिएला

काठमाडौं। जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजाले विगतमा ठूलो मुर्खता गरेको र अहिले फेरि त्यस्तो गरे सह्य नहुने चेतावनी दिएका छन् । जनतासँग माओवादी, तराई-मधेस जागरण अभियानको क्रममा रौतहट पुगेका माओवादी अध्यक्ष प्रचण्डले पूर्वराजालाई जबरजस्ती नगर्न चेतावनी दिए । स्थानीय जनतासँग प्रचण्डले भने, ‘पूर्वराजाले विगतमा ठूला मुर्खता गरेका छन्। फेरी पनि मुर्खता गरेर पाएको पनि सबै सखाप नपारुन भन्ने चाहन्छु ।’

उनले नेपाली जनताले उदारताका साथ कारबाही गर्नुको साटो आरामसँग बस्न दिएको उल्लेख गर्दै जनता र हामीले देखाएको उदारतालाई कमजोरी नठान्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाए । अध्यक्ष प्रचण्डले पूर्वराजालाई राजनीति गर्न मन छ भने पार्टी खोलेर चुनाव लड्न र जित्न चुनौती दिए । उनले भने, ‘संविधानले नै पार्टी खोल्न, चुनाव लड्न र जित्न अधिकार दिएको छ ।’

 

सम्बन्धित समाचार

देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै

देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै

काठमाडौँ । आज (बिहीबार) फागुन २१ गते देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै छ । मुलुकका ७७ वटै...

ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्ने

ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्ने

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोट केन्द्रबाट मतदान गर्नुुहुने छ। उहाँले भोलि (बिहीबार) हुने प्रतिनिधिसभा निर्वाचनमा...

देवघाटमा देखियो घडियाल

देवघाटमा देखियो घडियाल

चितवन। गैँडाकोटको देवघाट क्षेत्रमा घडियाल गोही देखा परेको छ। केही वर्षअघिसम्म देवघाट क्षेत्रमा गोहीको चर्चा हुने गरेको भए पनि...

फागुन २१ को निर्वाचनमा शतप्रतिशत मतदान गर्न निर्वाचन आयुक्त जबराको अपिल

फागुन २१ को निर्वाचनमा शतप्रतिशत मतदान गर्न निर्वाचन आयुक्त जबराको अपिल

काठमाडौँ। निर्वाचन आयुक्त सगुन शमशेर जबराले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो मताधिकारको पूर्ण प्रयोग गर्न...