मङ्लबार, साउन १४, २०८२
English
Follow us:

एमाले मोरङमा ओली इतरको प्यानल निर्वाचित

एमाले मोरङमा ओली इतरको प्यानल निर्वाचित

  • खबर सेवा

  • शनिबार, फाल्गुन २४, २०८१

  • 80
    SHARES
एमाले मोरङमा ओली इतरको प्यानल निर्वाचित

काठमाडौं। नेकपा एमाले १० औं जिल्ला अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानको गणनामा संस्थापन इतरको प्यानलै विजयी भएको छ । संस्थापन इतरको समूहको नेतृत्व अजम्वर राईले गरेका छन् । उपाध्यक्षमा सागर थापा, सचिवमा सोम थापा विजयी भएका छन् ।

त्यस्तै, उपसचिवमा सन्तोष वान्तवा र उषा झा विजयी भएका छन । संस्थापन समूहबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ती लिम्बू सचिवमा रबिन थापा उम्मेद्वार थिए । उप सचिवमा शिल्पा कार्की र इर्जालाल रजवंशी उम्मेदवार थिए ।

प्रदेशका सबै नेता राजकुमार ओझाको प्यानलमा उभिँदा विनोद ढकाल एक्लैले राईको प्यानललाई काँध हालेका थिए । प्रदेश अध्यक्षमा चुनाव हारेसँगै खुम्चिएका ढकालले जिल्लामा सेटै विजयी गराएर शक्तिमा ‘शानदार’ पुनरागमन गरेका छन् ।

Tags :

सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology