
काठमाडौँ । संसद्बाट विद्यालय शिक्षा विधेयक पारित गर्न माग गर्दै आन्दोलनामा होमिएका शिक्षकहरू अब काठमाडौँमा प्रदर्शनमा छन्।शनिबार पहिलो चरणको आन्दोलन अन्तर्गतको अन्तिम कार्यक्रम अन्तर्गत शिक्षकले माइतीघरदेखि बिजुलीबजारसम्म प्रदर्शन गरेका हुन्।
आजको आन्दोलनमा महासंघले ७७ वटै जिल्लाहरूबाट ३६ हजार १०० जना शिक्षकहरूलाई माइतीघर मण्डलामा उतार्ने लक्ष्य राखेको थियो। आन्दोलनमा सहभागी हुन शिक्षकहरुलाई महासंघले विभिन्न समूहमा विभाजन गरेको छ। जसमा समूह ‘क’ अन्तर्गत रहेका जिल्लाहरू काठमाडौँ, ललितपुर र भक्तपुरबाट सबै शिक्षक कर्मचारीलाई आन्दोलनमा सहभागी हुन भनिएको छ ।