मुख्य समाचार

आर्थिक अपचल गरेको भन्दै जनमतले गर्‍यो कोषाध्यक्षलाई कारबाही

काठमाडौँ। जनमत पार्टीमा आर्थिक विवादलाई लिएर कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई कारबाही गरिएको छ। हिसाबकिताबको विवाद चर्किएपछि अध्यक्ष सीके राउतले कोषाध्यक्ष यादवलाई कारबाही गरेका हुन्।

यादवलाई ११ फागुनमा स्पष्टीकरण सोधिएको थियो। आर्थिक पारदर्शिता नभएको भन्दै विभिन्न चारवटा आरोप लगाई स्पष्टीकरण सोधिएको थियो। स्पष्टकीरणको जवाफ नदिँदै कोषाध्यक्ष यादवमाथि कारबाहीमा गरिएको छ।

कोषाध्यक्ष यादवमाथि चन्दा उठाएर व्यक्तिगत लाभ लिएको आरोप लागेको छ। उनले विभिन्न कार्यकर्ताबाट उठाएको लेबीबाट काठमाडौँमा घर किन्नेदेखि जनकपुरमा व्यवसाय गरेकोसम्म आरोप छ।

आफूले पार्टीमा करिब ५ करोडसम्म लगानी गरेको र त्यसको हिसाब मागेपछि कारबाही गरिएको दाबी उनले गरेका छन्। आफूले पार्टीभित्र हिसाबकिताब माग्न थालेपछि केन्द्रीय समितिको बैठकअघि कारबाही गरिएको दाबी गरेका छन्। भोलिदेखि जनमतको केन्द्रीय समिति बैठक बस्दैछ।

यादवमाथि गुटबन्दी गरेको, पार्टी विभाजन गराउने खेलमा लागेको आरोप पनि लागेको छ । पार्टीको अनुशासन समितिले कोषाध्यक्ष यादवलाई सोधेको स्पष्टीकरणमा पार्टी विभाजनका लागि चलखेल गरेको बारे उल्लेख गरिएको छ। साथै, समितिले अनुशासन समितिका संयोजक दीपक साहलाई पनि कारबाही गरेको छ।

 

सम्बन्धित समाचार

देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै

देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै

काठमाडौँ । आज (बिहीबार) फागुन २१ गते देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै छ । मुलुकका ७७ वटै...

ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्ने

ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्ने

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोट केन्द्रबाट मतदान गर्नुुहुने छ। उहाँले भोलि (बिहीबार) हुने प्रतिनिधिसभा निर्वाचनमा...

देवघाटमा देखियो घडियाल

देवघाटमा देखियो घडियाल

चितवन। गैँडाकोटको देवघाट क्षेत्रमा घडियाल गोही देखा परेको छ। केही वर्षअघिसम्म देवघाट क्षेत्रमा गोहीको चर्चा हुने गरेको भए पनि...

फागुन २१ को निर्वाचनमा शतप्रतिशत मतदान गर्न निर्वाचन आयुक्त जबराको अपिल

फागुन २१ को निर्वाचनमा शतप्रतिशत मतदान गर्न निर्वाचन आयुक्त जबराको अपिल

काठमाडौँ। निर्वाचन आयुक्त सगुन शमशेर जबराले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो मताधिकारको पूर्ण प्रयोग गर्न...