कमल थापाले बोलाए राप्रपा नेपालको बैठक
काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले पदाधिकारी बैठक बोलाएका छन्। आज (सोमबार) दिउँसो १ः३० बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बैठक बस्ने राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।
‘मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, आइतबार त्रिभुवन विमानस्थलदेखि निर्मल निवाससम्म भएको पूर्वराजाको स्वागतलगायत भावी कार्यक्रममा बारेमा छलफल गर्नका लागि बैठक बोलाइएको हो,’ उनले भने।
आगामी दिनमा हिन्दुराष्ट्र, राजसंस्थाको एजेन्डा स्थापित गर्न र सङ्घीयता खारेज गर्नका लागि समान विचार र उदेश्य भएकाहरू एकजुट भएर आन्दोलनमा होमिनु पर्नेमा अध्यक्ष थापाले जोड दिइरहेको सन्दर्भमा पार्टीको पदाधिकारी बैठक बस्न लागेको महामन्त्री बर्तौलाले बताए ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै
काठमाडौँ । आज (बिहीबार) फागुन २१ गते देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै छ । मुलुकका ७७ वटै...
ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्ने
काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोट केन्द्रबाट मतदान गर्नुुहुने छ। उहाँले भोलि (बिहीबार) हुने प्रतिनिधिसभा निर्वाचनमा...
देवघाटमा देखियो घडियाल
चितवन। गैँडाकोटको देवघाट क्षेत्रमा घडियाल गोही देखा परेको छ। केही वर्षअघिसम्म देवघाट क्षेत्रमा गोहीको चर्चा हुने गरेको भए पनि...
फागुन २१ को निर्वाचनमा शतप्रतिशत मतदान गर्न निर्वाचन आयुक्त जबराको अपिल
काठमाडौँ। निर्वाचन आयुक्त सगुन शमशेर जबराले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो मताधिकारको पूर्ण प्रयोग गर्न...




