मङ्लबार, फाल्गुन २७, २०८१
English
Follow us:

विद्यालय शिक्षा विधेयक पारित गर्न राजनीतिक दलको पार्टी कार्यालय घेराउ गर्दै शिक्षक महासंघ

विद्यालय शिक्षा विधेयक पारित गर्न राजनीतिक दलको पार्टी कार्यालय घेराउ गर्दै शिक्षक महासंघ

  • खबर सेवा

  • सोमवार, फाल्गुन २६, २०८१

  • 49
    SHARES
विद्यालय शिक्षा विधेयक पारित गर्न राजनीतिक दलको पार्टी कार्यालय घेराउ गर्दै शिक्षक महासंघ

काठमाडौँ। विद्यालय शिक्षा ऐन पारित गर्न दबाब दिँदै नेपाल शिक्षक महासंघले दोस्रो चरणको आन्दोलन गर्ने भएको छ। यसअघि विभिन्न चरणबद्ध आन्दोलन गरेको महासंघले अब थप गतिविधि बढाउने भएको हो। महासंघले सोमबार बैठक बस्दै नयाँ कार्यक्रम तय गरेको छ। अब महासंघ राजनीतिक दलका कार्यालय घराउ गर्ने निर्णय लिएको छ।

मुख्य दलका मुख्य नेतालाई दबाब दिन महासंघले नयाँ रणनीति बनाएको हो। महासंघले फागुन २७ गते कांग्रेसको कार्यालय घेराउ गर्ने, फागुन २८ मा एमालेको केन्द्रीय मुख्यालय घेराउ गर्ने निर्णय गरेको छ।

यस्तै, चैत १ मा माओवादी केन्द्रीय कार्यालय, चैत २ मा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, चैत ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय, चैत ४ मा लोसपा र राजमोको केन्द्रीय कार्यालय घेराउ गर्ने र चैत ५ मा लोसपा, राप्रपा र नागरिक उन्मुक्तिको कार्यालय घेराउ गर्ने निर्णय लिएको छ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology