शिक्षा

विद्यालय शिक्षा विधेयक पारित गर्न राजनीतिक दलको पार्टी कार्यालय घेराउ गर्दै शिक्षक महासंघ

काठमाडौँ। विद्यालय शिक्षा ऐन पारित गर्न दबाब दिँदै नेपाल शिक्षक महासंघले दोस्रो चरणको आन्दोलन गर्ने भएको छ। यसअघि विभिन्न चरणबद्ध आन्दोलन गरेको महासंघले अब थप गतिविधि बढाउने भएको हो। महासंघले सोमबार बैठक बस्दै नयाँ कार्यक्रम तय गरेको छ। अब महासंघ राजनीतिक दलका कार्यालय घराउ गर्ने निर्णय लिएको छ।

मुख्य दलका मुख्य नेतालाई दबाब दिन महासंघले नयाँ रणनीति बनाएको हो। महासंघले फागुन २७ गते कांग्रेसको कार्यालय घेराउ गर्ने, फागुन २८ मा एमालेको केन्द्रीय मुख्यालय घेराउ गर्ने निर्णय गरेको छ।

यस्तै, चैत १ मा माओवादी केन्द्रीय कार्यालय, चैत २ मा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, चैत ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय, चैत ४ मा लोसपा र राजमोको केन्द्रीय कार्यालय घेराउ गर्ने र चैत ५ मा लोसपा, राप्रपा र नागरिक उन्मुक्तिको कार्यालय घेराउ गर्ने निर्णय लिएको छ।

 

सम्बन्धित समाचार

शिक्षालाई प्राथमिकता दिन हिसानको माग

शिक्षालाई प्राथमिकता दिन हिसानको माग

काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन प्रयोजनाका लागि तयार...

आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल

आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल

काठमाडौँ। त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले क्याम्पसहरूलाई आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गर्नुभएको छ।...

काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौँ। विगतका वर्षहरूमा भन्दा आगामी शैक्षिक सत्रका लागि काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको सङ्ख्यामा उल्लेख्य...

यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि

यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि

काठमाडौँ। यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज चैत १९ गतेदेखि...