मङ्लबार, फाल्गुन २७, २०८१
English
Follow us:

ब्रेकिंग : दक्षिण कोरियाका विश्वविद्यालयमा आवेदन दिन जीपीए ३.२ र आयल्स ५.५ भए पुग्ने ।

ब्रेकिंग : दक्षिण कोरियाका विश्वविद्यालयमा आवेदन दिन जीपीए ३.२ र आयल्स ५.५ भए पुग्ने ।

केक्यानले गर्यो दूतावासको निर्णयलाई स्वागत

  • खबर सेवा सम्बाददाता 

  • सोमवार, फाल्गुन २६, २०८१

  • 170
    SHARES
ब्रेकिंग : दक्षिण कोरियाका विश्वविद्यालयमा आवेदन दिन जीपीए ३.२ र आयल्स ५.५ भए पुग्ने ।

काठमाडौँ। दक्षिण कोरियाका विश्वविद्यालयको स्नातक र स्नातकोत्तर भर्ना हुन कोरियन दूतावासले सहज मापदण्ड ल्याएको छ।

दक्षिण कोरियाले अब आयल्समा भर्ना हुन जीपीए ३ दशमलव २ र आयल्स ५ दशमलव ५ भए पुग्ने निर्णय गरेको छ। यसअघि दक्षिण कोरियाको दूतावासले जीपीए ३ दशमलव २ र आयल्स ७ बनाएकोमा हालै घटाएको हो। दूतावासले विद्यार्थीको शैक्षिक कागजात र ग्रुपमा लिने संख्यालाई ५० बाट ३० बनाएको छ।

अब अंग्रेजी माद्यमबाट पढ्न चाहने विद्यार्थीलाई कोरियन TOPIK पनि पनि नचाहिने भएको छ। यो सँगै हजारौ कोरिया उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरु उत्साहित भएका छन्। यता, कोरिया शैक्षिक परामर्श संघ नेपाल (केक्यान)ले यो निर्णयको स्वागत गरेको छ। केक्यानका अध्यक्ष विष्णु खड्काले कोरियन दूतावासको यो निर्णयले हजारौ नेपालीलाई कोरियनामा पढ्ने ढोका खुलेको भन्दै प्रशंसा गरेका छन्।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology