
आज मंगलबार, २७ फागुन २०८१
मेष : यात्रा गर्दा सचेत हुनुपर्नेछ। महत्त्वहीन र बेकारका काममा समय नबिताउनु होला। आलस्य तथा थकानको अनुभूति हुनेछ। धार्मिक या दार्शनिक पुस्तक पढेमा अल्छीपन हटेर जानेछ।
वृष : पार्टी तथा सेमिनारमा सहभागी भइएला। राज्यबाट मान सम्मान पाइनेछ। धार्मिक तथा सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ। मनमा उत्साहका साथै बोली बिक्ने समय छ। प्रेमीसँग मधुर मिलन हुनेछ।
मिथुन : सहयोगी हातहरू अघि बढ्नेछन्। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। परिश्रम गर्दा धनार्जन हुनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिएला। वैदेशिक कार्य अघि बढ्नेछ।
कर्कट : नयाँ ठाउँबाट रोजगारीको प्रस्ताव आउनेछ। वस्त्र तथा अलंकार प्राप्ति हुनेछ। घरपरिवारका सदस्यबाट सहयोग पाइनेछ। नसोचेको ठाउँबाट धन हात पर्नेछ। कसैकसैका लागि सन्तान प्राप्तिको योग पनि छ।
सिंह : हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्छ। सेयर बजारमा दुविधा उत्पन्न हुनेछ। कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। साँझमा नजिकको मित्रसँग भेटघाट हुनेछ।
कन्या : दैनिक कार्यमा प्रगति हुनेछ। भाग्यले साथ दिनेछ। लामो समयदेखि अड्केको कामले पनि गति लिनेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। कार्य सम्पादनमा सहजता मिल्नेछ। आहारविहारको भने ख्याल गर्नुहोला।
तुला : नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। मानप्रतिष्ठामा वृद्धि हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। रमणीय, सुखद र धार्मिक यात्राको योग छ।
वृश्चिक : जोस, जाँगर र उमंग बढ्ला। प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ। पुनर्मिलनको योग छ। घरमा अतिथिको आगमन हुनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। विद्या र बुद्धिको विकास हुनेछ।
धनु : अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। निर्णायक क्षमतामा कमी आउनेछ। शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ। स्वास्थ्यप्रति सजगता अपनाउन जरूरी देखिन्छ। साँझमा पैसा खर्च हुने योग छ।
मकर : रमणीय यात्राको योग छ। आँटे(ताकेको पूरा हुनेछ। आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। प्रणय प्रसङ्गका लागि समय उत्तम छ। टाढिएका मित्रसँग नजिकिने समय छ।
कुम्भ : मन हर्षित रहनेछ। मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ। बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ।
मीन : ठीक समयमा सही निर्णय लिन सकिनेछ। शुभकार्यको चर्चा चल्नेछ। प्रबल इच्छाशक्तिको कारणले लक्ष्यमा पुग्न सहयोग गर्नेछ। पुनर्मिलनको योग छ। साथीहरूले अनावश्यक रूपमा अलमल्याउन सक्छन्।