बुधबार, फाल्गुन २८, २०८१
English
Follow us:

प्रहरी र शैक्षिक परामर्श व्यवसायीबीच अन्तरक्रिया कार्यक्रम गरिँदै

प्रहरी र शैक्षिक परामर्श व्यवसायीबीच अन्तरक्रिया कार्यक्रम गरिँदै

  • खबर सेवा

  • बुधबार, फाल्गुन २८, २०८१

  • 53
    SHARES
प्रहरी र शैक्षिक परामर्श व्यवसायीबीच अन्तरक्रिया कार्यक्रम गरिँदै

काठमाडौँ। नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघले नेपाल प्रहरी र शैक्षिक परामर्श व्यवसायीबीच एक दिवसीय अन्तरक्रिया कार्यक्रम राखेको छ।

प्रहरी र व्यवसायीबीच सम्बन्ध सुदृढ बनाउँदै लैजाने उद्देश्यले महासंघले अन्तरक्रिया कार्यक्रम राखेको जनाएको छ। महासंघले आज दिनको २ बजेदेखि काठमाडौँको बागबजारस्थित हार्दिक होटलमा सोही कार्यक्रम गर्न लागेको हो। कार्यक्रमका लागि शैक्षिकजन्य संस्थालाई आमन्त्रण गरिएको महासंघका अध्यक्ष राजेन्द्र बरालले जानकारी दिए।

कार्यक्रममा आयोजकका रूपमा फेस नेपाल, इकरिन, नायर, जाल्सन, केक्यान, इप्क्यान र नेबाजस्ता संस्थाहरू रहेका छन्। बरालका अनुसार प्रहरी अनुसन्धान अधिकृत एवं एसएसपी विश्व अधिकारीको नियुक्ति र सम्मानमा अन्तरक्रिया कार्यक्रम हुन लागेको हो।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology