शिक्षा

एमाले मुख्यालयमा धर्नामा बसे शिक्षक

काठमाडौँ। शिक्षक महासंघले नेकपा एमालेको पार्टी कार्यालयमा धर्ना दिएको छ। बुधबार दोस्रो दिनको धर्नाअन्तर्गत महासंघले एमाले पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिएको हो।

अब नेपाली शिक्षक, कर्मचारीहरू अन्तिम चरणको आन्दोलनमा रहेको र चैत २० गतेसम्म पनि सरकारले विगतका सबै सहमति सम्बोधन हुनेगरी विद्यालय शिक्षा ऐन जारी नगरे अन्तिम र निर्णायक चरणको आन्दोलन गर्ने चेतावनी दिए।

धर्ना कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले धर्ना कार्यक्रमपछि रिले अनसनमा जाने र चैत २० गतेपछि अन्तिम र निर्णायक चरणको आन्दोलन गर्ने चेतावनी दिए।

उनका अनुसार फागुन २८ गते नेकपा एमाले, चैत १ गते नेकपा माओवादी केन्द्र, चैत २ गते नेकपा एकीकृत समाजवादी, चैत ३ गते राष्ट्रिय स्वतन्त्र पार्टी, चैत ४ गते जसपा, लोसपा, राष्ट्रिय जनमोर्चा तथा चैत ५ गते जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको केन्द्रीय कार्यालय अगाडि धर्ना दिने कार्यक्रम छ।

सम्बन्धित समाचार

शिक्षालाई प्राथमिकता दिन हिसानको माग

शिक्षालाई प्राथमिकता दिन हिसानको माग

काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन प्रयोजनाका लागि तयार...

आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल

आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल

काठमाडौँ। त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले क्याम्पसहरूलाई आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गर्नुभएको छ।...

काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौँ। विगतका वर्षहरूमा भन्दा आगामी शैक्षिक सत्रका लागि काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको सङ्ख्यामा उल्लेख्य...

यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि

यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि

काठमाडौँ। यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज चैत १९ गतेदेखि...