शिक्षा

शिक्षा मन्त्रालयले विदेशमा अध्ययनका लागि जाने विद्यार्थीलाई भन्यो : अध्ययन गर्न चाहेको विश्वविद्यालयको उपाधि, तह र समकक्षतामा सचेत हुनुहोस्

काठमाडौँ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले वैदेशिक शैक्षिक परामर्शका लागि अनुमति पाएका संस्थाहरू (कन्सलटेन्सी), विद्यार्थी र अभिभावकमा एकीन विवरण राख्न अनुरोध गरेको छ। मन्त्रालयले सूचनामार्फत तीनै पक्षलाई सचेत भएर मात्र काम गर्न अनुरोध गरेको छ।

बुधबार शिक्षा मन्त्रालय अन्तर्गतको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाले सूचना जारी गर्दै शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त हो वा होइन स्वीकृतिपत्र नवीकरण भएको पत्र हेरी आवश्यक परेको अवस्थामा मन्त्रालयको वेवसाइटबाट यकिन गरेर मात्र सेवा लिन आग्रह गरेको हो।

यस्तै परामर्श सेवा, भाषा तथा तयारी कक्षाको सेवा लिँदा लाग्ने सेवा शुल्क र अन्य प्रबन्धसमेत खुलाई संस्थासँग सम्झौता गर्ने र एक प्रति विद्यार्थी स्वयंले राख्न सुझाव मन्त्रालयले दिएको हो । यस्तै आफूले अध्ययन गर्न चाहेको विश्वविद्यालयरशिक्षण संस्थाले उपलब्ध गराउने उपाधि तह र अवधिको समकक्षता तथा त्यसको वैधानिकताबारे जानकारी लिन पनि मन्त्रालयले विद्यार्थी तथा अभिभावकलाई आग्रह गरेको छ । यस्तै कुनै पनि संस्था कानुन सम्मत स्थापना नभएको र सम्बन्धित मन्त्रालयबाट सेवा प्रदानको अनुमति नलिएको देखिए स्थानीय प्रशासन र प्रहरीलाई जानकारी गराउन पनि मन्त्रालयले अनुरोध गरेको छ ।

यसैगरी मन्त्रालयले शैक्षिक परामर्श संस्थाहरूलाई पनि विभिन्न ८ वटा बुँदामा उल्लेख गरी सर्त लागू गर्न भनेको छ । कन्सल्टेन्सीहरूले मन्त्रालयबाट संस्था सञ्चालन लागि पाएको स्वीकृति पत्र र आर्थिक वर्ष २०८१/०८२ का लागि कार्यसम्पादन गर्न अनुमति पाएको नवीकरण पत्र सबैले देख्ने स्थानमा राख्नुपर्ने जनाएको छ ।

शैक्षिक परामर्श सेवा उपलब्ध गराउँदा फ्री भिसा, रोजगारीको ग्यारेन्टी तथा डिपेन्डेन्ट भिसा उपलब्ध गराइने जस्ता प्रलोभन नदेखाउन पनि कन्सल्टेन्सीहरूलाई मन्त्रालयले निर्देशन दिएको छ । यस्तै सेवा प्रदान गरेका विद्यार्थीहरूसँग भएका सम्झौतासहित अन्य अभिलेख राख्नुपर्ने, आफ्नो संस्थाको परामर्शबाट वैदेशिक अध्ययनरतालिममा जाने विद्यार्थीले प्राप्त गर्नुपर्ने एनओसीमा संस्थाको नाम अनिवार्य जनाउने व्यवस्था मिलाउनुपर्ने लगायतका विभिन्न सर्तहरू मन्त्रालयले कन्सल्टेन्सीहरूलाई दिएको छ ।

सम्बन्धित समाचार

शिक्षालाई प्राथमिकता दिन हिसानको माग

शिक्षालाई प्राथमिकता दिन हिसानको माग

काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन प्रयोजनाका लागि तयार...

आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल

आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल

काठमाडौँ। त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले क्याम्पसहरूलाई आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गर्नुभएको छ।...

काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौँ। विगतका वर्षहरूमा भन्दा आगामी शैक्षिक सत्रका लागि काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको सङ्ख्यामा उल्लेख्य...

यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि

यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि

काठमाडौँ। यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज चैत १९ गतेदेखि...