होलीको दिन कस्तो छ, राशिफल?
मेष : दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। गर्न लागेको काममा बिघ्नबाधा आउन सक्ने देखिन्छ। तर, आत्मबल बढाएर काम गरेमा असफल भइँदैन। धार्मिक तथा सांस्कृतिक कार्यक्रममा सहभागिता हुनेछ।
वृष : योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। सामान हराउने वा चोरी हुने भय छ। प्रेमीसँग असमझदारी बढ्न सक्छ। धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन जानेछ। नयाँ कार्यको योजना बन्नेछ।
मिथुन : सहयोगी हात अघि बढ्नेछन्। चिताएको कामले तीव्रता लिनेछ। धार्मिक तथा संस्कृतिक क्षेत्रमा सहभागिता बढ्नेछ। राजनीतिक र सामाजिक काममा सफलता मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ। पुनर्मिलनको योग छ।
कर्कट : चलाखीपूर्ण बोलीले काम बन्न सक्छ। मनोरञ्जनमा सहभागी भइएला। वैदेशिक बजारमा लगानीका लागि नयाँ योजना बन्नेछ। प्रेमीको भरपुर सहयोग हुनेछ। आहारविहारमा भने सावधानी अपनाउनु पर्नेछ।
सिंह : वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। प्रतिष्ठा कमाउने बेला छ। कुनै कुराले मनमा शान्ति छाउनेछ। रमणीय र सुखद यात्राको योग छ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ।
कन्या : आफन्तबीच खटपट, चिन्ता र शङ्का उब्जनेछ। विद्या र बुद्धिको कमी हुनेछ। शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ। विद्यार्थीको पढाइमा मन नजान सक्छ। नयाँ क्षेत्रमा आर्थिक लगानी गर्नु उपलब्धिमूलक नहोला।
तुला : शुभकार्यमा सरिक भइनेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। नयाँ कार्यको योजना बन्ने र शुभ कार्यमा सरिक भइनेछ। नजिकका व्यक्तिबाट सहयोग पाइएला। सरकारी निकायबाट सहयोग मिल्नेछ। सफल यात्रा हुनेछ।
वृश्चिक : महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। शुभारम्भको चर्चा चल्नेछ। दाजुभाइ तथा दिदीबहिनीले तपाईँको विचारलाई समर्थन गर्नेछन्। भक्ति र सेवाभाव बढेर जानेछ। रोकिएका कामले गति लिनेछन्।
धनु : धार्मिक यात्राको योजना बन्नेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। स्वास्थ्य तथा सुन्दरतामा धन खर्च हुनेछ। अधुरो कार्य सम्पादनमा सहजता मिल्ला। भूमि, वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्ने योग छ।
मकर : सुखदुःख बराबरी रहनेछ। योजना गोप्य राखेरै अघि बढ्नुहोला। सहकर्मीबाट विरोध आउन सक्छ। लगानी र बजारले पनि साथ नदेला। आफन्तबाट साथ र हौसला मिल्नेछ।
कुम्भ : आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। सामाजिक तथा राजनीतिक कार्यमा रुचि बढ्नेछ। आफन्तबाट साथ, सहयोग मिल्नेछ।
मीन : दाम र प्रतिष्ठा कमाउने बेला छ। रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सम्पन्न हुनेछ। खानपिनको विविध परिकार खान पाइएला। धार्मिक यात्राको योग र योजना बन्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
४.
बढ्यो नेप्से
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
भक्तपुरमा गाडी दुर्घटना, ३ को मृत्यु
भक्तपुर। नगरकोटबाट सुडालतर्फ आउँदै गरेको बा५च ७८८१ नम्बरको निजी कार चाँगुनारायण नगरपालिका–८ जितपुरस्थित वडा कार्यालय नजिक सडकमा भएको दुर्घनामा...
साफ यू२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा
काठमाडौँ। साफ यू-२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा भएको छ। मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले धर्बेन्द्र...
सुकेधारामा गाडीमा आगजनी गरेको अभियोगमा २ पक्राउ
काठमाडौं। काठमाडौंको सुकेधारामा क्षेत्रमा गाडीमा आगजनी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरू मेडिकल व्यवसायी...
जेनजी आन्दोलनमा फरार व्यक्तिसहित चार जना सशस्त्र प्रहरीको नियन्त्रणमा
काठमाडौं। जेनजी आन्दोलनका क्रममा फरार रहेका सुनिल थापासहित सशस्त्र प्रहरीले भक्तपुर जिल्लाको मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीबाट चार जनालाई नियन्त्रणमा लिएको...




