मुख्य समाचार

आन्दोलनका कार्यक्रम घोषणा गर्दै समाजवादी

काठमाडौँ। नेकपा एकीकृत समाजवादीले शुक्रबार (चैत १ गते) आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ। पार्टीको केन्द्रीय आन्दोलन संयोजन कमिटीका अनुसार अध्यक्ष माधव नेपालसहित शीर्ष नेताहरूको उपस्थितिमा आन्दोलनका विशेष कार्यक्रम घोषणा गरिनेछ।

कार्की ब्याङ्क्वेट बबरमहलमा दिउँसो १२ः३० मा पत्रकार सम्मेलनमार्फत आन्दोलनका कार्यक्रम घोषणा हुने केन्द्रीय आन्दोलन संयोजन कमिटीले जनाएको छ। ​पछिल्लो समय राजावादीहरू सलबलाएपछि त्यसविरुद्ध गणतन्त्रवादी दलहरू असन्तुष्ट छन्।

यसलाई लक्षित गरेर नेकपा समाजवादीले आन्दोलनका कार्यक्रम घोषणा गर्न लागेको हो। फागुन २६ गते बसेको सचिवालय बैठकले चैत १ गतेबाट सडक संघर्षमा जाने गरी आन्दोलन घोषणा गर्ने निर्णय गरेको थियो।

सम्बन्धित समाचार

फागुन २१ को निर्वाचनमा शतप्रतिशत मतदान गर्न निर्वाचन आयुक्त जबराको अपिल

फागुन २१ को निर्वाचनमा शतप्रतिशत मतदान गर्न निर्वाचन आयुक्त जबराको अपिल

काठमाडौँ। निर्वाचन आयुक्त सगुन शमशेर जबराले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो मताधिकारको पूर्ण प्रयोग गर्न...

मिथिला नगरीमा हर्षोल्लासका साथ होली मनाइँदै

मिथिला नगरीमा हर्षोल्लासका साथ होली मनाइँदै

काठमाडौँ। जनकपुरसहित मिथिला नगरीमा हर्षोल्लासका साथ होली मनाइँदैछ । त्रेतायुगमा भगवान राम र माता सीताको क्रिडास्थल मानिने पवित्र मिथिला...

निर्वाचन आयुक्तहरूको एकै स्वर– ‘अल्छी नमानी मतदान केन्द्र जाऔं’

निर्वाचन आयुक्तहरूको एकै स्वर– ‘अल्छी नमानी मतदान केन्द्र जाऔं’

काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते बिहीवार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्धक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न आम...

निर्वाचनका लागि मतदाता गाउँ फर्किएसँगै काठमाडौं उपत्यकाका सडक सुनसान

निर्वाचनका लागि मतदाता गाउँ फर्किएसँगै काठमाडौं उपत्यकाका सडक सुनसान

काठमाडौँ। आसन्न निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यकामा रहेका अधिकांश नागरिक आफ्नो गृहजिल्ला फर्किएपछि राजधानीका सडकहरु सुनसान बनेका छन् ।...