शुक्रबार, फाल्गुन ३०, २०८१
English
Follow us:

आज मधेशमा होली

आज मधेशमा होली

  • खबर सेवा

  • शुक्रबार, फाल्गुन ३०, २०८१

  • 37
    SHARES
आज मधेशमा होली

काठमाडौं। रंगहरूको पर्व होली आज तराई–मधेशका जिल्लाहरूमा मनाइँदैछ। पहाडी र हिमाली जिल्लाहरुमा विहीबार नै होली मनाइएको थियो। त्यसको एक दिनपछि तराईमा होली मनाउने चलन छ । होलीको अवसरमा सरकारले आज तराईका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ । पहाडी जिल्लामा विहीबार बिदा थियो ।

स्थानअनुसार मनाइने होलीको नाम पनि फरक–फरक छ । हिमाली र पहाडी भेकमा ‘फागु पूर्णिमा’ र तराई–मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भन्ने गरिन्छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology