मुख्य समाचार

जनकपुरमा आज पनि होली

काठमाडौँ। मिथिलाञ्चलको धनुषा र महोत्तरीका विभिन्न स्थानमा शनिबार होली मनाइँदैछ। तराई-मधेशका अधिकांश क्षेत्रमा शुक्रबार नै होली मनाइए पनि मध्यमा परिक्रमा पथको १३३ किलोमिटर वृत्तभित्रका बस्तीभित्र शनिबार मनाउन लागिएको हो।

सामान्यतय तराई-मधेशमा फागुपूर्णिमाको भोलिपल्ट प्रतिपदाका दिन होली मनाउने परम्परा छ। तर जनकपुरधाममा १६ दिनसम्म चल्ने अन्तरगृह परिक्रमाका कारण शनिबार होली मनाउन लागिएको हो। अन्तरगृह परिक्रमा औँसीमा सुरु भई १६औँ दिन अर्थात् प्रतिपदामा सकिने भएकाले त्यसको भोलिपल्ट द्वितीयामा होली मनाइन्छ।

पौराणिक कथाअनुसार दुष्ट प्रवृत्तिकी होलिकाको अन्त्य भएको खुशीयालीमा होली मनाउने गरिएको हो। तराई-मधेश क्षेत्रमा होलिकाको प्रतीक पुतला दहन गरेपछि होली मनाउने परम्परा छ।

सम्बन्धित समाचार

रवि चुडाल नियन्त्रणमा

काठमाडौँ । मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा–५ स्थित दमकका मतदातालाई गालीगलौज गरेको...

नेप्से परिसूचक २३ अङ्कले वृद्धि, कति भयो कारोबार?

नेप्से परिसूचक २३ अङ्कले वृद्धि, कति भयो कारोबार?

काठमाडौं। यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ। आज नेप्से...

ग्रीस पठाइदिने भन्दै २५ लाख ठगी गर्ने पक्राउ

ग्रीस पठाइदिने भन्दै २५ लाख ठगी गर्ने पक्राउ

काठमाडौँ। ग्रीसमा रोजगगारीका लागि पठाइदिने आश्वासन दिँदै २५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। मोग्रीस...

हिन्दुराष्ट्र बनाउनेगरी संविधान संशोधन गर्ने भए रास्वपालाई सघाउँछौं : कमल थापा

हिन्दुराष्ट्र बनाउनेगरी संविधान संशोधन गर्ने भए रास्वपालाई सघाउँछौं : कमल थापा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले रास्वपा र नयाँ बन्ने बालेन शाह नेतृत्वको सरकारलाई शर्तसहित सघाउने बताउनुभएको छ।...